Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

यो फेयर निक्कै फलदायि रहने छ :महेशवावु तिमिल्सिना

Wednesday, January 17, 2018 National Power

३ माघ,काठमाण्डौ – नेपाली शैक्षिक परामर्शको क्षेत्रमा चर्चित र अग्रणी संस्थाको रुपमा कंगारु एजुकेशन फाउन्डेशनलाई लिने गरिन्छ । फाउन्डेशनले अष्ट्रेलिया, न्यूजल्याड, अमेरिका एवं युरोपका विभिन्न मुलुकमा रहेका कलेज तथा यूनिभर्सिटिका लागी शैक्षिक परामर्श दिदै आईरहेको छ । कंगारु एजुकेशन फाउन्डेशनले जनवरी २३ अर्थात यहि माघ ९ गते होटल अन्पुर्णमा कंगारु एजुकेशन फेयर २०१८ गर्दैछ ।
कंगारु एजुकेशन फेयर २०१८ का विषयमा फाउन्डेशनका अध्यक्ष महेशवावु तिमिल्सिना संग नेशनल पावर न्यूजका लागि राजन थापाले गरेकोे कुराकानी संक्षिप्त अंश यहाँ प्रस्तुत गरिएको छ ।


शैक्षिक परामर्श जगतमा कंगारु एजुकेशन फाउन्डेशन परिचित नाम हो र थुप्रै विद्यार्थीहरुलाई परामर्श दिदै आईरहेकोछ यति हुँदाहुदै यस्तो अवस्थामा किन फेयरकै आवश्यकता पर्यो त ?
हो हाम्रो पुरानो शैक्षिक परामर्श केन्द्र हो । विगत १७ वर्ष देखी हामीले कंगारु एजुकेशन फाउन्डेशनलाई संचालनमा ल्याएका छौ र अहिले हामीले देशका विभिन्न ठाउँवाट विद्यार्थीहरुलाई परामर्श पनि दिंदै आईरहेका छौं र विभिन्न मुलुकमा पनि हामीले कार्यलय खोली विद्यार्थीहरुलाई कुनै कठिनाई नहोस् भनि परामर्श पनि दिंदै आईरहेका छौ । विशेष गरी यस फेयरले हाम्रा वैदेशिक अध्ययनका लागी जाने विद्यार्थीहरुलाई सम्वन्धित यूनिभर्सिटि एवं कलेजहरुकै सम्वन्धित व्यक्तिहरुसंग साक्षत्कार गर्न पाउने र उनिहरुसंगै त्याहाँको विषयमा जानकारी लिन पाउन भन्ने उदेश्यले यो फेयरको आयोजना गरेका छौं ।

कति देशका यूनिभर्सिटि र कलेजहरु तपाईहरुले आयोजना गर्ने फेयरमा सहभागि हुने छन् त ?
हामीले आयोजना गर्ने यस फेयरमा अष्ट्रेलिया, अमेरिका, न्यूल्याण्ड र यूरोपका विभिन्न मुलुकका गरी २० भन्दा वढि शैक्षिक संस्थाहरुको सहभागी हुनेछन् ।

यस अघि पनि तपाईहरुले विभिन्न परामर्श दाताहरु संग मिलेर विभिन्न किसिमका फेयरहरु गर्दै आईरहनु भएका थियो तर यस पटक त एक्लै कंगारुले आयोजना गर्दै हुनुहुन्छ किन ?
हो कंगारुले यस अघि न्यूजल्याड एजुकेशन फेयरमा सह–आयोजनाको हिसावमा सहभागिता जनाएको थियो र अन्य फेयरहरुमा पनि कुनै न कुनै रुपमा सहभागिता जनाउँदै आईरहेका थियौ तर यस पटक हामीले नितान्त रुपमा हाम्रा विद्यार्थीहरुका लागी मात्रै यो फेयरको आयोजना गरेका हौ ।

कति विद्यार्थीहरुको सहभागिता हुने अपेक्षा गर्नु भएको छ ?
हाम्रो यस फेयरमा विद्यार्थीहरुको उत्साह पुर्वक सहभागिता हुनेमा हामी विश्वस्त छौं हाम्रो विचारमा १००० भन्दा माथी विद्यार्थीहरुको सहभागिता हुनेछ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
कंगारु एजुकेशन फाउन्डेशनले गर्न लागेको यो पहिलो फेयर हो र धेरैवटा देशका विभिन्न शैक्षिक शंस्थाहरुको सहभागिता रहने हुँदा विद्यार्थीहरुका लागी यो फेयर निक्कै फलदायि रहने छ यसर्थ यहि माघ ९ गते अर्थात जनवरी २३ तारिखका दिन होटल अन्नपुर्णमा आई कंगारु एजुकेशन फेयर २०१८ को अवलोकन गरि आफुले पढ्न चाहेको विश्वविद्यालय र विषयका वारेमा जानकारी लिनुहुन हामी विद्यार्थीहरुलाई आव्हान गर्दछौं ।