Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

कंगारु फेयर २०१८ हुँदै

Tuesday, January 16, 2018 National Power

  २ माघ,काठमाण्डौ – विद्यार्थीहरुलाई सहि सुचना तथा परामर्ष प्रदान गर्ने उदेश्यलेकंगारु एजुकेशन फाउण्डेसनले कंगारु फेयर २०१८ आयोजना गर्ने भएको छ । यहि माघ ९ गते दरबारमार्ग स्थित होटेल अन्नपुर्णमा हुने उक्त शैक्षिक मेलामा अस्ट्रेलिया,न्युजीलेण्ड, अमेरीका र युरोपका गरी २० वटा भन्दा बढी देशका विश्वविद्यालय,सरकारी कलेज तथा प्राईभेट कलेजहरुको सहभागीता रहने एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

उक्त शैक्षीक मेलामा आउने अभिभावक तथा विद्यार्थीहरुले प्रत्यक्षरुपमा विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु संग अन्र्तक्रिया गर्न पाउने छन् । अभिभावकहरुले उनिहरुको जिवनशैली,छात्रावृति, कलेज छनौट देखि डकुमेन्टेसन मार्फत भर्ना र भिजाका सम्बन्धमा समेत परामर्ष गर्नसक्ने कंगारु एजुकेशन फाउण्डेसनका अध्यक्ष महेश बाबु तिमल्सेनाले बताए । मेलामा नेपाल एस. वी .आई बँैकको सहभागीताले आईल टि एस गर्नेहरुले शैक्षिक कर्जा सम्बन्धी जानकारीले लाभान्वीत हुनेमा विज्ञप्तिमा भनिएको छ । मेला हेर्न आउने विद्याथी तथा अभिभावकहरुलाई निशुल्क प्रवेशको व्यवस्था गएिको छ ।