Monday 12th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

संगीत उद्योग संघको बन भोजकार्यक्रम सम्पन्न

Monday, January 15, 2018 National Power

१ माघ,काठमाण्डौ – नेपाल संगीत उद्योग संघले गत हप्ता काठमाण्डौको बालाजु बाईसधारा गोलघरमा मैत्रिपुर्ण बनभोज कार्यक्रमको आयोजना गरेको छ । संगति व्यवसायीहरुको छाता संगठन पनि हो नेपा संगीत उद्योग संघ । यतिवेला गीत संगीत उद्योग धारासायी रहेको अवस्थामा व्यवसायीहरुले आगामि दिनमा संगति व्यवसायको क्षेत्रलाई कसरी अगाडी बढाउन सकिन्छ भनि छलफल समेत गरेका थिए ।

उक्त बनभोज कार्यक्रममा प्रस्तोता समाज,संगति रोयल्टि संकलन समाज गीतकार संघ लगायतका संघ संस्थाहरुको समेत उपस्थिती रहेको थियो । गीत संगति क्षेत्र मौलिकता संगै देश सुहाउदो बनाउन सके नेपाली गीत संगीतले पक्कै पनि फट्को मार्ने कुरा संगीत उत्पादक संघका अध्यक्ष निर्मल राज ढकालले बताए।

त्यसै गरि गीत संगीतको प्रवद्र्धनका लागि स्रष्ठा सर्जक र व्यवसायीले मिलेर काम गर्नु पर्ने संगीतकार संघका माहासचिव महेश खड्काले बताए । कार्यक्रममा साहित्यकार नवु सत्याल लगायतका सर्जकहरुले आ आफ्नो धारण राखेका थिए । उक्त कार्यक्रममा नेशनल पावर न्युज डट कमका राजन थापाले यहि फागुनमा गर्न लागेको नेशनलपावर न्युज म्युजिक अवार्ड २०१८का बारेमा उपस्थित सर्जक एवम् स्रस्ठाहरुलाई जानकारी गराएका थिए ।