Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

पौडेल हत्या विरोधमा रुपन्देही बन्द

Saturday, January 6, 2018 National Power

२२ पुस, रुपन्देही – शुक्रबार हत्या गरिएका व्यवसायी वसन्त पौडेल हत्याको विरोधमा युवा संघ रुपन्देहीले आजदेखि अनिश्चितकालीन रुपन्देही बन्द गरेको छ। बन्दका कारण विहानैदेखि यस क्षेत्रमा संचालित यातायात, उद्योग कलकारखाना, बजार क्षेत्र प्रभावित बने। तर, कुनै पनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

शुक्रवार बिहान आफ्नै स मिलमा काम गरिरहेका व्यवसायी पौडेललाई अज्ञात समूहले गोली हानी हत्या गरेका थिए। शरीरमा दुई गोली लागेका पौडेलको उपचारको क्रममा मृत्यु भएको थियो।

घटना भएको केही समयमा नै जिम्मेवारी भने मनोज पुनले लिएका थिए। पुनले रुपन्देहीका केही संचारकर्मी तथा स्थानीय मानिसलाई फोन गरेर घटना आफूले घटाएको सुन्नमा आए पनि औपचारिक जानकारी भने नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीराम पाण्डेले बताए।

प्रहरीले अहिले मनोज पुनले नै हत्या गराएको हुन सक्ने आशंकमा अनुसन्धान अगाडि बढाएको छ। गत पुस ४ गते पुनले आर्थिक लेनदेनको विषयलाई लिएर नेकपा एमालेको भातृ संगठन युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए।

तिवारी र पौडेलको घटनाको प्रकृत मिल्दो देखिन्छ। प्रहरीले पौडेलको हत्यामा प्रयोग भएको मोटरसाइकल फेला पारेको छ। बुटवल देवदह सडक खण्डको भुलुही जंगलमा लु ४ प १४ नम्बरको हिरो होन्डा ग्ल्यामर बाइक फेला पारेको प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक पवन भट्टराईले बताए। उनले भने, ‘मोटरसाइकल फेला पारेको छ तर कस्को के हो भन्ने अनुसन्धान गरिरहेका छौं।’

तिवारीको घटनामा पनि प्रहरीले बा ५१ प ८०७३ नम्बरको रातो १५० सिसीको पल्सर बाइक घटनास्थलभन्दा दक्षिणतर्फ करिब ३ किलोमिटरको दुरीमा फेला परेको हो। तर, पछि अनुसन्धानको क्रममा मोटरसाइकल चोरीको र गलत नम्बर प्लेट प्रयोग भएको अनुसन्धानमा देखिएको थियो।

पुनले पौडेलसँग पाँच लाख रुपैयाँ मागेको र नदिएपछि हत्या गरेको हुन सक्ने अनुसन्धानम खटिएका एक अधिकृतले बताए। पुन विगत दुई वर्षदेखि भारतमा बसेर स्वदेशमा अपराधिक गतिविधि गर्दै आएका छन्।