Tuesday 18th June 2024

    ईनास मेरिल्याण्डले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम    नेपाल चलचित्र कलाकार संघको विचार गोष्ठि भव्यरुपमा सम्पन्न    ३९ विधामा र ६२ अवार्ड प्रदान गर्दै ओप्सना म्युजिक अवार्ड २०२४ सम्पन्न    १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन    नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई ‘पोएट अफ नेचर अवार्ड’

सुदूरपश्चिम खप्तड गोल्डकप :एपीएफ क्वाटरफाइनलमा

Saturday, January 6, 2018 National Power

२२ पुस, धनगढी – विभागीय टीम सशस्त्र प्रहरी बलको एपीएफ धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा आज भएको खेलमा पोखराको साहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै एपीएफ अन्तिम आठमा स्थान बनाएको हो।

पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौँ गोल गर्ने मौका गुमाउँएको साहारा पेनाल्टी सुटआउटमा पनि अभागी सावित भयो। साहाराका विनोद गुरुङले निर्धारित समयमा पेनाल्टीमा गो गर्न चुकेका थिए भने पेनाल्टीसुआउटमा साहाराका लक्षमण जिसीको प्रहार एपीएफका गोलकिपर रोके।

पहिलो हाफको २१औं मिनेटमा साहाराले पाएको पेनाल्टी खेर फालेको थियो। साहाराका विनोद गुरुङले प्रहार गरेको पेनाल्टी गोलपोष्टको दायाँ किनाराबाट बाहिरिएको थियो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो। पेनाल्टी सुटआउटमा सहाराका लक्ष्मण जिसीको प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाउँदै आफ्नो टीमलाई दोस्रो चरणमा पूर्‍याए। राजुले पेनाल्टीसुटआउटमा एक गोल समेत गरे।

एपीएफको जितमा नायक बनेका राजुले म्यान अफ द म्याच बन्दै नगद १० हजार हात पारे।

पेनाल्टी सुउआउटमा एपीएफएका लागि गोलरक्षक नगरकोटीसहित अन्जन विष्ट, सुदीप सिल्पकार, आदित्य चौधरी र रञ्जन विष्टले गोल गरेका थिए। साहाराका लागि लक्ष्मण जिसीको प्रहार गोल हुन नसक्दा सुसन गुरुङ, विजय श्रेष्ठ, मानवहादुर तामाङ र फुर्वा लामाको प्रहार भनेर गोलमा परिणत भएको थियो।

जितपछि एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले तालमेल नमिल्दा राम्रो खेल्न नसकेको स्वीकार गर्दै मौसमले पनि समस्या आएकोले अर्को खेलमा अझ सुधार आउने बताए। साहारका प्रशिक्षक किरण गुरुङले पेनाल्टी गुमाउँदा र मौकाको सदुपयोग गर्न नसक्दा खेलमा हार व्यहोरको प्रतिक्रिया दिए।

प्रतियोगिताअन्तर्गत भोली काठमाडौँको सिएमजी संकटा र धरान फुटवल क्लबबीच प्रतिस्पर्धा हुने छ।