Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

कमल थापाले भने कांग्रेससंग सहकार्य गर्नु नै हारको कारण

Friday, January 5, 2018 National Power

२१ पुस, काठमाडौँ – राप्रपाले चुनावी परीणामलाई अकल्पनीय एवं निराशाजनक भन्दै हारको दोष नेपाली कांग्रेसमाथि थोपरेको छ ।

चुनावी समिक्षा गर्दै राप्रपा केन्द्रीय कार्यसमिति बैठकले चुनावी हारको ९ बुँदे कारण अघि सारेको छ । साथै राष्ट्रवादी तथा हिन्दुराष्ट्र पक्षधर शक्तिलाई कमजोर बनाउनराष्ट्रिय अन्तराष्ट्रिय शक्तिले षडयन्त्र गरेको र पार्टी फुटाएको उसले बताएको छ ।

राप्रपाले लोकतान्त्रिक गठबन्धन प्रभावकारी हुन नसकेको र कांग्रेसले सम्झौताअनुसार सिट नदिएको आरोप पनि लगाएको छ । हारको कारण भन्दै उसले भनेको छ, ‘लिखित रुपमा भएको सम्झौता अनुरुप कांग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानीय तहमा इमान्दारितापूर्ण सहकार्य नहुनु ।’

प्रतिनिधिसभामा कांग्रेसले राप्रपालाई चार सिट दिएको थियो भने प्रदेशमा पनि केही सिट दिएको थियो ।

राप्रपाले उम्मेदवार कम उठाउनु, संविधान संशोधनबारे स्पष्ट अडान लिन नसक्नु, साधन श्रोतको अभाव रहनु लगायतलाई पनि चुनावी हारको कारण मानेको छ । सरकारमा सहभागिताबारे भने जनतामा भ्रम रहेको र त्यसलाई चिर्न नसकेको दाबी गरेको छ ।

बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापाले चुनावको नजिता स्वीकार गरेको बताए ।

तर, चुनावी हारको जिम्मेवारी लिएर राजीनामा दिन कुनै योजना नरहेको उनले बताए । उनले भने, ‘राजीनामाबारे पार्टी बैठकमा कुनै प्रश्न नै उठेको छैन ।’