Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

कानुनी अड्चनका कारण परिणाम घोषणा गर्न बाधा भयो : निर्बाचन आयोग

Thursday, January 4, 2018 National Power

२० पुस, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता भएको छ । शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले प्रदेश र प्रतिनिधिसभा चुनाव सफल रुपमा सम्पन्न गरेकोमा बधाइ दिएकी छन् ।

साथै जनअभिमतलाई कदर गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न निर्वाचनको मतपरिणाम संविधान र प्रचलित कानूनको मर्म र भावना अनुसार समयमै सम्बन्धित निकायमा पेश गर्नु उपयुक्त हुने सुझाव दिएकी छन् ।

उनले प्रदेश प्रमुखको नियुक्ति नभएको अवस्थामा शपथ ग्रहण गराउने सम्बन्धमा पनि जिज्ञासा राखेकी छन् ।

भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने प्रदेशसभाको समानुपातिकतर्फ विजयी सदस्यहरुको सूची संशोधनका लागि दलहरुलाई समय दिइएको बताए ।

साथै प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरूले प्राप्त गर्ने सिट संख्या तोकी दलहरूलाई पत्राचार गर्न आयोगलाई संवैधानिक एवं कानुनी अड्चन देखिएको बताए ।