Tuesday 26th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

इपिएल: अप्पुहामीको चोट अंशुमन रथलाइ, १८ हजार दर्शक उपस्थितिले भाबुक आयोजक

Saturday, December 30, 2017 National Power

नवराज दुवाडी

१५ पुस, काठमाडौं -टिभिएस एभरेष्ट प्रिमियर लिगको उपाधी विराटनगर वरियर्सले जितेको छ । किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा भैरहवा ग्ल्याडियर्टसलाइ १ रनले पराजित गर्दै विराटनगरले उपाधी जितेको हो । उपाधीसंगै विराटनगरले ट्रफी र नगद २१ लाख रुपैपाँ पनि हात पारेको छ ।

विराटनगरको आश्चर्यपुर्ण निर्णय
सामन्यतः यो सिजनमा किर्तिपुरको पिचमा टस जित्नेले बलिगं रोज्ने गर्छन । विहानीको समयमा पिचमा मोइस्चर हुने र बल स्विगं हुने भएको कारण टस जित्ने कप्तानले बलिंग रोज्ने गरेका थिए र यो प्रतियोगिताभरी पनि त्यही नै हुँदै आएको थियो । तर विराटनगरका कप्तान पारस खड्काले ब्याटिंग रोजेपछि सबैजना आश्चर्यमा परेका थिए ।

विशेष गरी आफ्ना विदेशी खेलाडी अंशुमन रथ र बाबर ह्यातले प्रतियोगिता भरीनै उत्कृष्ठ प्रदर्शन गरिरहेको आधारमा पहिले ब्याटिंग गरेर ठूलो योगफल तयार पारी विपक्षीलाइ दवावमा राख्न चाहन्थे । जस्को फलस्वरुप उस्का विदेशी खेलाडी रथले आजपनि उत्कृष्ट ब्याटिंग गरे र ४१ रनको पारी खेले । यस क्रममा आजपनि विराटनगरका ओपनिगं ब्याट्सम्यान आसिफ शेल फ्लप हुँदा बाबार ह्यातले ११ तथा कप्तान पारस खड्काले २७ रनको पारी खेलेका थिए । अनिल साहले २२ रनको पारी खेल्दा प्रनित थापा मगरले १४ रन रन बनाई टिमको स्कोर १४९ रन पुर्याएका थिए ।

भैरहवाका लागि हरिशंकर साह र कृष्ण कार्कीले २ २ विकेट लिँदा आरिफ शेख र शरद भेस्वाकरले १ १ विकेट लिएका थिए ।

अप्पुहामीको चोट अंशुमन रथलाइ
१५० रनको लक्ष्य पाएर मैदान ओर्लिएका दुइ विदेशी खेलाडीहरुले भैरहवाका लागि ठिकै सुरुवात गर्दै थिए । इनिगंको दोश्रो ओभर लिएर टियु इन्डबाट बलिगं गर्न आएका विराटनगरका लागि श्रीलकंन खेलाडी साहन अदिशा अप्पुहामील ओभरको दोश्रो बल फाल्न नपाउँदै दाहिने खुट्टामा चोट बोकी मैदान बाहिरीन बाध्य भए ।

रेगुलर बलर घाइते भएपछि इनिगंको आठौँ ओभर हंगंकगंका अंशुमन रथलाइ बलिंग गन लगाए । अंशुमनको पहिलो बलमा प्रथम शालुन्केले १ रन बनाए । दोश्रो र तेश्रो बलमा भैरहवाका कप्तान शरद भेष्वाकरले चौका र छक्का प्रहार गरे । त्यसपछि अंशुमनले आफ्नो लय गुमाएनन् मात्रै सम्भवतः उनको करियरकै सबैभन्दा खराब बलिंग गरे । चौथो बल वाइड फालेका उनले पाँचौ बल पिचमा डबल बाउन्स भयो र त्यसलाई अम्पायरले नो बलको इसरा गरे । छैटौँ बल फ्रि हिट थियो जस्लाइ भेष्वाकरले छक्का प्रहार गरे, सातौँ बलमा कुनै रन आएन, आठौँबल पुन वाइड फाले, नवौँ बल उनले पुनः पिचमा डबल बाउन्स गराए, जस्लाइ शालुन्केले १ रन लिए, दशौँ बल पनि पुनः पिचमा डबल बाउन्स गराए र शरदले छक्का प्रहार गरे, एघारौँ बल फ्रि हिट थियो जस्लाइ शरदे फेरी छक्का प्रहार गरे । यसरी इनिगंको आठौँ ओभरमा भैरहवाले ३६ जोड्यो निकै बलियो स्थितीमा पुग्यो ।

पारस खड्का र अनिल साहको जादु ।
१८ औ ओभर सकिँदा सम्म भैरहवाले ४ विकेट गुमाएर १३९ रन बनाइसकेको थियो । यो बेलासम्म भेष्वाकर ५२, प्रथम शालुन्के २७ तथा प्रदिप ऐरी र राहुल यादव समान ६ रनमा आउट भैसकेका थिए । अन्तिम दुइ ओभरमा जितका लागि ११ रन चाहिएको अवस्थामा क्रिजमा थिए यस प्रतियोगिताभरीनै छाइरहेका दुइ युवा ब्याट्सम्यान आरिफ शेख र रोहित कुमार पौडेल । चोभारइन्डबाट इनिंगको १९औँ ओभर लिएर कप्तान पारस खड्का बलिंगमा आए । ओभरको दोश्रो बलमा क्रिजमा जमिरहेका आरिफ शेखलाइ २७ रनमा एलविडब्लु धरापमा पारे । तेश्रो बल डट, चौथो बलमा १, पाँचौ बल वाइड फाल्दा छ्रटौँ बल डट फाले । तर अन्तिम बलमा प्रतियोगिता भरीनै उत्कृष्ट प्रदर्शन गरीरहेका तथा भैरहवाको जितमा नायक सावित भइरहेका रोहित कुमार पौडेललाइ लगंअनमा अनिल शाहको हातबाट क्याच आउट गराए ।
अन्तिम ओभरमा भैरहवालाइ जितका लागि ९ रनको आवश्यकता थियो र क्रिजमा थिए विदेशी खेलाडी पुनित मिश्र र कृष्ण कार्की । ओभरको पहिलो बलमा कार्कीले चौका प्रहार गरे, दोश्रो बलमा कार्की वोल्ड आउट हुन पुगे, तेश्रो बल डटफाले, चौथो बलमा भुवन कार्कीलाई शुन्य रनमा रन आउट भए । पाँचौ बलमा पुनित मिश्रलाइ रामनरेश गिरीको हातबाट क्याच आउट गराउँदा अन्तिम बलमा भैरहवाका ब्याट्सम्यान तीन रन लिएपनि त्यो जितको लागि प्रयाप्त भएन र खेल विराटनगरले १ रनले जित्यो ।

ह्यायत उत्कृष्ठ खेलाडी
विराटनगरमा विदेशी खेलाडी बाबर ह्यायत उत्कृष्ठ खेलाडी चुनिए । उनले टिभिएसको अपाचे मोटरसाइबल प्राप्त गरे । त्यसै फाइनलको म्यान अफ द म्याच पारस खड्का भए भने रोहित कुमार पौडेल उदयीमान खेलाडी घोषित भए ।

कप्तानका भनाइ
प्रतियोगिको उापधि जित्नु आँफैमा महत्वपुर्ण भएको तथा यसले नेपाली क्रिकेटलाइ एउटा लेभलमा पुर्याएको पारसको प्रतिक्रिया थियो । साथै उनले आज अंशुमनले ब्याटबाट राम्रो गरेको भएप िबलिंगमा उनको दिन नरहेको र यस्तो हरेक खेलाडी हुने गर्छ भन्ने प्रतिक्रिया दिए ।
साथै भैरहवाका कप्तान शरद भेष्वाकरले ब्याट्सम्याहरुका अनुभवको कमीको कारण हातमा आइसकेको खेल गुमाएको प्रतिक्रिया दिए । उनले यो लेवलको प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाइ धन्यवाद समेत दिए ।

आमिर अख्तर
प्रतियोगिता निकै सफल भएको र यस बाट आफु अझ हौसिएको बताए । उनले यस विचमा खेलाडी, फ्रेन्चाइज, समर्थ, मिडियाबाट पाएको सहयोगको लागि धन्यवाद दिए । आगामी बर्षहरुमा पनि यो भन्दा अझ उत्कृष्ट बनाउने प्रयास गर्ने र खेलाडीको पारिश्रमिक तथा पुरस्कार राशी बृद्धि गर्न कोसिस गर्ने प्रतिवद्धता समेत जनाए । साथै उनले दर्शकको अपार उपस्थितीले भावुक बनाएको र अझै राम्रो गर्ने प्रेरणा मिलेको बताए

उल्लेख्य दर्शक
नेपाली क्रिकेट जगतमा कुनै पनि घरेलु प्रतियोगिता हुँदा यो यो लेवलको दर्शक मैदानमा ओर्लिएका थिएनन् । नेपाले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा जतिकै दर्शकको उपस्थिती रहेको थियो । आयोजकका अनुसार १० हजार टिकट प्रिन्ट गरिएको थियो, जुन सकिएपछि दर्शकले आइएमइको टिकट काउन्टकर तोडफोड गरेका थिए भने दर्शक दिर्घाको गेट फोडेर दर्शक प्याराफिटमा ओइरिएका थिए । फ्रि पास, टिकट, विना टिकट छिरेका दर्शकहरुको संख्या जोड्दा करिब १८ हजार भन्दा बढी रहेको नेपाल क्रिकेट सपोर्टर सोसाइटिका अध्यक्ष भानु सिग्देलले बताए । सोसाइटीका सदस्यहरु जो टियु मैदानमा प्रतियोगिता भरी स्वयंसेवकको रुपमा खटिएका थिए ।