Tuesday 18th June 2024

    ईनास मेरिल्याण्डले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम    नेपाल चलचित्र कलाकार संघको विचार गोष्ठि भव्यरुपमा सम्पन्न    ३९ विधामा र ६२ अवार्ड प्रदान गर्दै ओप्सना म्युजिक अवार्ड २०२४ सम्पन्न    १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन    नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई ‘पोएट अफ नेचर अवार्ड’

ललितपुरलाइ हराउँदै, भैरहवा फाइनलमा

Thursday, December 28, 2017 National Power

१३ पुस, काठमाडौं -टिभिएस एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज भएको दोश्रो क्वालिफायरमा ललितपुर प्यार्टिओस्लाइ पराजित गर्दै भैरहवा ग्लाडियर्टस फाइनलमा प्रवेश गरेको छ ।


किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले व्याटिगंको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १३२ रन बनाएको थियो । निकै राम्रो सुरुवात गरेको ललितपुरका लागि आज पनि मध्यक्रमका व्याट्सम्यानहरु नचल्दा १३२ रनको मध्यम योगफलमा समेटिन पुगेको थियो ।

जयकिशन कोल्सावला र शंकर रानाले पहिलो विकेटको लागि ५१ रनको साझेदारी गरेपनि अन्य ब्याट्सम्यानहरुले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । कोल्सावालाले ३७ बलमा २ छक्का र ५ चौकाको मद्दतले ४२ रन बनाएका थिए भने कप्तान ज्ञानेन्द्र मल्लले २४ बलमा २० तथा सन्नी पटिलले १८ बलमा २४ रन बनाएका थिए ।

१९ ओभरमा ११२ रन बनाउँदा अन्तिम ओभरमा ललितपुरका लागि ओभरसिज खेलाडी दिपेश भण्डारीले २० रन बनाएका थिए । उनले हरिशंकर शाहको बलमा २ छक्का र २ चौका प्रहार गरी उक्त रन बनाएका हुन ।

भैरहवाका लागि ओभरसिज खेलाडी पुनित मिश्रले २ विकेट लिँदा हरिशंकर शाह, भुवन कार्की र आरिफ शेखले १ १ विकेट लिएका थिए ।
जवाफमा ब्याटिगंका आएको भैरहवाले ३ बाँकी छँदा ७ विकेट गुमाएर विजयी लक्ष्य भेट्टाएको थियो । नियमित अन्तरालमा विकेट गुमाउँदै गर्दा भैरहवा दवावमा आएपनि म्यान आफ दि म्याच अण्डर नाइन्टिन खेलाडी रोहित कुमार पौडेलको उत्कृष्ट इनिगंका कारण जित सम्भव भएको थियो । अन्तिम २ ओभरमा १८ रन चाहिएको अवस्थामा रसिद खानको बलिगंमा कुशल भुर्तेलले लगंअनमा पौडेलको क्याच छोडेका थिए । उक्त ओभरमा खानले ५ रन मात्र दिएका थिए ।

अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा ललितपुरका लागि ओभरसिज खेलाडी दिपेश भण्डारीले अन्तिम ओभर लिएर आएका थिए । पछिल्ला ओभरहरुमा निकै किफायती बलिगं गरेका भण्डारीको अन्तिम ओभरको पहिलो २ बलमा लगंअनमा २ छक्का प्रहार गरेका थिए भने तेश्रो बलमा १ रन लिएर टिमलाइ फाइनलमा पुर्याएका थिए ।

भैरहवाका लागि अन्य ब्याट्सम्यानहरुमा प्रथम सालुन्केले ३२, भुपेन्द्र थापाले १९ तथा रोहित कुमार पौडेलले अविजित २८ रन बनाएका थिए ।
ललितपुरका लागि ललित नारायण राजबंशी र पवन सर्राफले २ २ तथा सन्दिप लामिछाने र रसिद खानले ११ विकेट लिए ।
अब भैरहवाले फाइनल खेल शनीबार विराटनगर वरियर्स विरुद्ध खेल्ने छ ।