Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

मुखै चिसो बनायो मुलको पानीले

Thursday, December 28, 2017 National Power


काठमाडौं – नायिका सारिका घिमिरे केही समय अघि ‘मोहनी’ एल्वम लिएर स्रोता÷दर्शकमाझ आएकी थिइन । नायिकाबाट गायिकाको परिचय बनाउँदै गरेकी उनका एल्वममा भएका गीतलाई स्रोताले औधि मनपराए पछि उनी अहिले एल्वममा भएका गीतको भिडियो बनाउँन लागेकी छन् ।
सुरुमा एल्वममा भएका गीत मध्ये ‘काले दाईको…’को भिडियो लिएर आएकी उनले अहिले ‘मुखै चिसो बनायो मुलको पानीले…’ ल्याउँदै छिन् । यसको राजधानी स्थित वल्र्ड ट्र्ड सेन्टरमा छायाँकन गरिएको छ ।
‘गीतको भिडियो निक्कै राम्रो बनेको छ, बी गोर्खाली ब्योजसँग पहिलो पटक काम गरे सबैले उत्तिकै मिहिनेत गरेका छौ पक्कै पनि राम्रो भिडियो छिट्टै लिएर आउँदै छु दर्शक÷स्रोतामाझ’, सारिकाले भनिन् ।
मिसन इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘मुखै चिसो बनायो मुलको पानीले…’लेमा राजन लामाको छायाँकन र रुद्र बोहराको निर्देशन छ । गीतको भिडियोमा बी गोर्खाली ब्योजसँग दिक्पाल कार्की र सारीकाले रोमान्स गरेका छन् ।
सञ्चारकर्मी तथा लेखक शान्तिप्रियले लेखेको गीतमा सारिकाको स्वर रहेको छ भने यसलाई दीपक शर्माले कम्पोज गरेका हुन् ।
दर्जन भन्दा बढी चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी नायिका सारिका घिमिरेले गायन क्षेत्रमा पनि आफूलाई राम्रै गायिकाका रुपमा प्रस्तुत गरिरहेकी छन् ।