Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

विराटनगर फाइनलमा, ललितपुर दोश्रो क्वालिफायरमा

Wednesday, December 27, 2017 National Power

१२ पुस काठमाडौं -टिभिएस एभरेष्ट प्रिमियर लिग अन्र्तगत आज भएका खेलहरुमा विराटनगर वरियर्स र ललितपुर प्यार्टिओर्सले आ आफ्नो खेलमा जित दर्ता गरेका छन् । जितसंगै विराटनगर फाइनलमा प्रवेश गरेको छ भने ललितपुर दोश्रो क्वालिफायरका लागि छनौट भएको छ ।

आज विहान भएको पहिलो खेलमा टस विराटनगरले भैरहवा ग्लाडियर्टसलाई पराजित गरेको हो । टस हारेर पहिले व्याटिगंको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । ८ ओभर भित्रै २७ रन हुँदा महत्वपूर्ण ४ विकेट गुमाएर दवावमा आएको भैरहवाका लागि आरिफ शेख र ओभरसिज खेलाडी पुनित मिश्रले पाँचौ विकेटका लागि ८२ रनको पार्टनरसिप गरेका थिए । शेखले ४६ रन बनाउँदा मिश्रले ४९ रनको योगदान दिएका थिए । शेख र मिश्रले भैरहवाको लागि सम्मानजनक योगफल बनाएपनि त्यो जितको लागि प्रयाप्त हुन सकेन ।

विराटनगरका लागि करण केसी र अक्सु अप्पुहामीले २-२ विकेट लिएका थिए भने पारस खड्का बसन्त रेग्मी र अभिनाष कर्णले १-१ विकेट लिएका थिए ।

जवाफमा १२८ रनको लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । उसका लागि ओभरसिज खेलाडी बाबर ह्यायतले ४४ बलमा ५ छक्का र ४ चौकाको मद्दतले ६२ रन बनाए भने कप्तान पारस खड्काले २४ बलमा ४ छक्का र २ चौकाको मद्दले अविजित ४२ बनाए । त्यस्तै अर्का ओभरसिज खेलाडी अंशुमन रथले ३२ बलमा २६ रनको अविजित पारी खेल्दा अर्का ओपनर आसिफ शेख भने शुन्य रनमानै पेवेलियन फर्किएका थिए ।

भैरहवाको लागि हरिशंकर शाह र पुनित मिश्रले १-१ विकेट लिए ।

त्यस्तै आजै भएको इलिमिनेटर खेलमा पोखरा राइनोजलाइ २६ रनले पराजित गर्दै ललितपुर प्यार्टिओर्सले शुक्रबार हुने दोश्रो क्वालिफायरको लागि भैरहवासंगको भेट पक्का गरेको छ । टस हारेर पहिले व्याटिगंका्े निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १३८ रन बनाएको थियो । शुरुवात निकै राम्रो गरेको ललितपुरले उस्का मध्यक्रमका व्याट्सम्यानहरु चल्न नसक्दा १३७ रनको मध्यम योगफल बनाएको थियो

ओपनरद्वय शंकर राना र जयकिशन कोल्सावालाले पहिलो विकेटको लागि ६२ रनको साझेदारी गरेका थिए । तर मध्यमक्रमका व्याट्म्यानहरु चल्न नसक्दा ८० रन भित्रै ५ विकेट गुमाउन पुगेको थियो । तर छैटौ विकेटका लागि ओभरसिज खेलाडीहरु दिपेश भण्डारी र सन्नी पाटिल विच ५७ रनको साझेदारी भएपछि ललितपुरले मध्यम योगफल तयार पार्न सफल भयो ।

ओपनर शंकर रानाले ४३ बलमा ५ चौकाको मद्दले ३५ रन बनाउँदा जयशंकर कोल्सावालाले २२ बलमा १ छक्का र ३ चौकाको मद्दतमा २८ रन बनाएका थिए । त्यसपछि ब्याटिगंमा आएका कप्तान ज्ञानेन्द्र मल्ल २, कुशल भुर्तेल ८, सोनु तामागं ० रनमा आउट हँुँदा सन्नी पटेलले अविजित ३८ तथा दिपेश भण्डारीले अविजित १९ रनको पारी खेलेका थिए ।

पोखराका लागि ओभरसिज खेलाडी इस्राउल्लाहले ३ तथा सुसन भारीले २ विकेट लिएका थिए ।

जवाफमा व्याटिगंमा आएको पोखरा कुनै पनि समय खेलमा रहन सकेन । सुरुवात देखिनै लगातार विकेट गुमाएको पोखराका लागि इस्राउल्लाहले सार्वधिक २५ रन बनाएका थिए । २२ बल खेलेका उल्लाहले २ छक्का प्रहार गरेका थिए । पहिलो ओभरदेखिनै लगातार रुपमा विकेट गुमाएको पोखराका लागि दोश्रो ठूलो योगदान १० नम्बरका व्याटिगं गर्न आएका किशोर महतोले दिएका थिए । उनले १३ बलमा ३ चौका र १ छक्काको मद्दतले २३ रन बनाए ।

ललितपुरका लागि सन्दिप लामिछानेले ३ विकेट लिए भने सन्नी पटेल, रसिद खान र पवन सर्राफे समान २-२ विकेट लिए ।
पराजित भएसंगै पोखरा प्रतियोगिताबाट बाहिरिएको छ भने ललितपुरले फाइनल प्रवेशका लागि भोली हुने भैरहवासंगको भेट पक्का गरेको छ ।