Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

सुदूरपश्चिम महोत्सवमा १६ करोडको कारोवार

Wednesday, December 27, 2017 National Power

१२ पुस, धनगढी – यहाँ आयोजित सुदूरपश्चिम महोत्सवमा बिक्री भएको प्रत्येक टिकटबाट केही रकम जिल्ला दैविप्रकोप उद्धार कोष र शिवपुरी धामको विकासका लागि छुट्टयाइएको छ ।

महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका महासचिव रुपेस स्वाँरले बिक्री भएको प्रत्येक टिकटबाट एक रुपैँया जिल्ला दैविप्रकोप उद्धार कोषमा र एक रुपैँया शिवपुरी धामको विकासका लागि छुट्याउने निर्णय महासंघले गरेको जानकारी दिए ।

‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ गत मंसिर २९ गतेदेखि शुरु भएको महोत्सव आज सम्पन्न भएको हो । प्रदेशसभा सदस्य डिल्लीराज पन्तले महोत्सवको समापन गर्दै विकासका मुद्दालाई प्राथमिकतामा राखेर आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दुई सय ५० व्यापारिक स्टल राखिएको महोत्सवको १२ दिनको अवधिमा झण्डै रु १६ करोडको कारोवार भएको महासचिव स्वाँरले जानकारी दिए ।
सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योेग, व्यापार व्यवसायको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य सङ्घले यहाँ हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ ।