Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

अपाङ्गगता भएका व्यक्तिहरुले गरे एक साहसिक अभियान ।

Tuesday, December 26, 2017 National Power

रबिन्द्र पन्त/११ पुस,काठमाण्डौ – नेपाल पर्यटकीय दृष्टिले संसारकै उत्कृष्ट गन्तब्य स्थल हुँदाहुँदै पनि बिभिन्न भौतिक अवरोधहरुका कारण अपागंता भएका ब्यक्तिहरुले पहुचँयुक्त वातावरण नबन्दा यथेष्ठ लाभ लिन नसकेको सरोकारवालाहरुले बताएका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले पर्यटनमा अपांगता भएका ब्यक्तिहरुको सहज पहुचँ बनाउन सके बिभिन्न देशबाट अपाङ्ता भएका पर्यटकहरुलाई समेत भित्राउन सकिने संभावना रहेको बताएका छन् ।

नेपाल दृष्टिबिहीन सहयोग संघको सकृयतामा “नेपालमा पहुँचयुक्त समावेशी पर्यटनका प्रबद्र्धनका लागि एक अभियान” नाम दिएर आयोजना गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष ओमप्रकाश बन्जाडेले अपाङ्गगता भएका व्यक्तिहरुलाई राफ्टिङ लगायतको साहसिक पर्यटनमा सहभागि गराइसकेको अनुभव सुनाउदै नेपालमा अपाङ्गगता मैत्री वातावरणको विकासका लागि सरकारी तहबाट नै काम अगाडि बढाउनुपर्ने धारणा ब्यक्त गरे ।

कार्यक्रमको प्रमुख अतिथिको आसनबाट नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारको सवाल उठान गर्नमा नेपाल पत्रकार महासंघ आजको दिनदेखि संस्थागत सहकार्यमा जुट्ने प्रतिवद्घता जाहिर गरे मिडिया भनेको आवाज विहीनहरुको आवाज भएको कारण समेत अपाङगता भएका ब्यक्तिहरुका मुद्दाको सवालमा खरो उत्रनुपर्ने समेत बताए । कार्यक्रम एबिलिस फाउन्डेशनको आत्रक सहयोग मा सम्पन भयको थयो । कार्यक्रम नेपाल संघले गत कार्तिक ६ गतेदेखी ८ गतेसम्म आयोजना गरेको सबै प्रकारको अपाङ्गगता भएका व्यक्तिहरु राफ्टिङ लगायतका साहसिक पर्यटनमा सहभागि भएको भिडियो र फोटोहरु समेत प्रदर्शन गरिएको थियो ।