Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

मैतिदेवीमा बस पल्टियोस् १७ जना घाइते, तीनको अवस्था गम्भीर

Tuesday, December 26, 2017 National Power

११ पुस,काठमाण्डौ – काठमाडौंको मैतिदेवीमा मंगलबार बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कपनबाट कालिमाटी जाँदै गरेको सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मैतीदेवी पुलनजिकैको बिजीलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

घाइतेको नर्भिक अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । स्थानीयका अनुसार बिहान साढे ३ बजेतिरको समयमा दुर्घटना भएको हो । बिजुलीको पोलमा ठोक्किएपछि बस सडकमै पल्टिएको छ ।