Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

वडा स्तरिय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न

Tuesday, December 19, 2017 National Power

४ पुस,काठमाण्डौ – तारकेश्वर नगरपालिकाको आयोजनामा एन्जल हार्ट उच्च माध्यमिक विद्यालयको प्राङगणमा सम्पन्न वडा स्तरिय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा लालिगुरांस राष्ट्रिय एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । हाजिरीजवाफ प्रतियोगीतामा प्रथम भएको लालिगुराँस राष्ट्रिय एकेडेमी कक्षा ९ का विक्की झा,जलिया जश्मिन थापा र कक्षा ८ की कामना पोख्रेलले आफ्नो उत्कृष्ठ प्रतिभा देखाएका थिए ।

प्रतियोगीतामा शुभकामना वोर्डिङ स्कुल र कुशल ईङ्लिश बोर्डिङ्ले क्रमशः द्धितिय र तृतिय रुथान प्राप्त गरेका छन् । प्रतियोगीतामा लालिगुरांस राष्ट्रिय कलेजका अलावा शुभकामना वोर्डिङ स्कुल,कुशल ईंलिस बोर्डिङ स्कुल,हिमरश्मि इङ्लिस बोर्डिङ् स्कुल,नर्थ प्वाईन्ट एकेडेमी र मानसिंह धर्म उच्च माध्यमिक विद्यालयको सहभागीता रहेको थियो ।