Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

देउवाले नियुक्त गरेका प्रदेश प्रमुखबाट सपथ नलिने ओलीको अडान

Saturday, December 16, 2017 National Power

१ पुस, काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख नियुक्त नगर्न सरकारलाई चेतावनी दिएका छन् । नभए सपथ लिए उनको चेतावनी छ ।

शनिबार वालकोटस्थितआफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले काम चलाउ सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको भन्दै असन्तुष्टि जनाए । ‘कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट हामीले शपथ ग्रहण गर्नुपर्ने ?’ उनले भने, ‘हामी प्रदेश नियुक्तिलाई मान्दैनौं, हामीलाई स्विकार्य छैन ।’वाम गठबन्धनले निर्वाचनमा बहमुत ल्याएको बताउँदै उनले थपे, ‘जो पाए त्यहीबाट सपथग्रहण गर्छ कि जनमतले भन्छ ? जनमतले जे भन्छ, त्यही गर्छौं ।’
चुनाव हारेपछि पनि सत्ता हस्तान्तरण गर्न नखोजेको भन्दै उनले देउवाको आलोचना गरे । देउवाले सरकार निर्माण प्रक्रियामा तत्तपरता देखाउनु पर्ने भन्दै उनले भने, ‘खोचे थापेर सरकारको आयु लम्ब्याउनु खोज्नु भनेको सत्तालिप्सा हो ।’उनले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा एकल संक्रमणीय व्यवस्था राख्नु असंवैधानिक भएको टिप्पणी गरेका छन् । निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको उनको आरोप छ ।
‘जहाँ जे लेखे पनि मौजुदा सरकारले नै समानुपातिक सांसद छान्ने भनेर अध्यादेश लगे के हुन्छ,’ उनले प्रश्न गर्दै भने, ‘गलत कामलाई मान्नुपर्छ भन्ने छैन ।’
एमाले अध्यक्ष ओलीले सरकार गठनको लागि राष्ट्रिय सभा पर्खिनु नपर्ने दाबी गरे । उनले भने, ‘कानुनको खोचे थापेर जनताको अभिमतलाई अवमुल्यन गर्ने मनसाय प्रकट भएको छ, मर्यादित संस्थाको अनुचित प्रयोग शोभनीय हुँदैन ।’