Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

राष्ट्रपति विरुद्ध अपशब्द प्रयोग गर्ने नेविसंघ कार्यकर्ताको रिहाइको माग गर्दै राजधानीमा प्रदर्शन

Friday, December 15, 2017 National Power

२९ मंसिर, काठमाडौँ – राष्ट्रपति विरुद्ध फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ परेका नेविसंघका कार्यकर्ता विवेक बानियाँको रिहाइको माग गर्दै नेविसंघका कार्यकार्ताहरुको आज विरोधको कार्यक्रम गरेका छन् । नेविसंघ त्रिचन्द्र इकाइको अगुवाइमा भएको विरोध कार्यक्रममा त्रिचन्द्र लगाएत अन्य क्याम्पसका विद्यार्थीहरुको पनि संलग्नता रहेको छ ।

गत साउनमा राष्ट्रपतिको सवारी साधान किन्ने मन्त्रीपरिषद्को निर्णय विरुद्ध राष्ट्रपतिलाइ अपशब्द प्रयोग गरी फेसबुकमा स्टाटस लेखेको आरोपमा प्रहरीले बनियाँलाइ पक्राउ गरेको हो । तनहुँ बन्दीपुरका २० बर्षिय बानियाँलाइ हाल केन्द्रिय अनुसन्धान व्युरोमा राखिएको छ । साइबर अपराध सम्बन्धि मुद्दा चलाउन लागेको प्रहरीले जनाएको छ । सो कसुरमा दोषीलाइ ५ बर्षसम्मको जेल सजायँ वा १ लाख जरिवाना वा दुवै कारवाही हुन सक्ने प्रावधान रहेको छ ।

आरोपी विवेक बानियाँ

फेसबुकमा स्टाटस लेखे लगत्तै विभिन्न व्यक्तिहरुले गलत गरेको भन्दै उनलाइ सच्चिन चेतानवी दिएपछि उनले गल्ति भएको भन्दै उक्त स्टाटस हटाएका थिए ।