२७ मंसीर,काठमाण्डौ – आईरहन्छ अचेल हरपल याद तिम्रो नामक म्युजिक भिडियो गत हप्ता सार्वजानिक भएकोछ । गायक प्रदिप मगरको स्वरमा रहेको गीतमा शब्द डिपि खनालको रहेको छ भने संगीत उत्तम थापा मगरले दिनुभएको छ ।
आर वि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा मोडल समिर लामा र सपना ओलीलाई देख्न सकिने छ ।मोडल लामा यस म्यूजिक भिडियोलाई दर्शकहरुले मन पराउनेमा विश्वस्त देखिएका छन् ।

उनले यस भन्दा अगाडी पनि प्रतिक्षाको दिन,मरेपछि लान्छन् कोरामा, लाली गुराँस फुल्यो मायालु लगायतका दर्जनौँ म्युजिक भिडियोहरुमा आफ्नो प्रस्तुती देखाई सकेका छन् ।उक्त भिडियोलाई सालिकराम अधिकारीले छायांकन एवं निर्देशन गरेका छन् ।