२७ मंसिर, काठमाण्डौ – वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षमा दुई तिहाइ सिटमा जित हात पारेको छ । एमालेको ८० र माओवादीको ३६ सहित वाम गठबन्धनमा सामेल भएका राष्ट्रिय जनमोर्चाको १ र राप्रपाको १ समेत गरी ११८ सिट पुगेको छ । तेस्रो स्थानमा रहेको कांग्रेस २२ सिटमा सीमित छ । राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन् ।
प्रदेशसभातर्फको प्रत्यक्षमा १ सिटको मात्र गणना बाँकी हुँदा एमालेले १६६, माओवादीकेन्द्रले ७३, कांग्रेसले ४४ र अन्यले ४६ स्थानमा जित हात पारेका छन् ।