Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

काठमाडौं ४ मा गगन, प्रधानमन्त्री भएपछि यस्तो अहंकार नदेखाउन केपी ओलीलाई चेतावनी

Saturday, December 9, 2017 National Power

२३ मंसिर, काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौंमा आफुलाई लक्षित बम विस्फोटप्रति सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गरेका छन् ।
केपी शर्मा ओलीले काठमाडौंमा आफुलाई लक्षित गरेर विस्फोट भएको घटनालाई सामान्य रुपमा लिएर चुनावी विषय बनाएको भन्दै यस्तो अहंकार अब प्रधानमन्त्री हुँदा नदेखाउन चेतावनी दिएका छन् ।
“मैले मेरा मतदाताप्रति गरेको संकल्प प्रत्येक पल सम्झन्छु,” थापाले भने, “संसद्मा आफुले गर्नुपर्ने काम यहि संकल्पका साथ गर्नेछु ।”
थापाले ओलीलाई चेतावनी दिँदै भने, “एमाले अध्यक्ष तथा जो अब प्रधानमन्त्री बन्दै हुनुहुन्छ, उहाँले काठमाडौंमा भएको बम विस्फोटलाई अत्यन्त हल्का ढंगले लिनुभयो ।  हल्कामात्रै होइन, निकै तल गिरेर टिप्पणी गर्नुभयो । साथीहरु अहिले पनि अस्पतालमा छन् । उहाँले प्रायोजित भनेर भन्नुभयो । उहाँले निर्वाचनको प्रयोजनलाई मात्रै हेरेर मेरो क्षेत्रमा आएर त्यसो भन्नुभयो । यो उहाँको अहंकार हो । प्रधानमन्त्रीको रुपमा यो अहंकार नरहोस् ।”
उनले कांग्रेसमा संकट आएको भन्दै अहिले नै हल्का ढंगले टिप्पणी गर्न नहुने धारणा राखे ।
“अब कांग्रेस तलदेखि माथिसम्म सुधार नगर्ने हो भने यो भन्दा ठुलो संकट आउन सक्छ,” थापाले भने ।