Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मौन अवधिमा महतोले पैशा बाँडेको आरोप

Wednesday, December 6, 2017 National Power

काठमाडौं –जनकपुरमा गएराती राजपा नेपाल र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।   धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार  तथा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसहितका नेता कार्यकर्ता जनकपुर महानगरपालिका वडा नम्बर ८ स्थित देबीचोकमा भेटिएपछि झडप भएको हो ।

कांग्रेसका कार्यकर्ताले मौनअवधिमा  राजेन्द्र महतो पैसा बाँड्न हिडेको आरोप लगाउँदै  अवरोध गरेपछि झडप भएको हो ।  तर, राजपाले भने  कार्यकर्ता भेट्न र खाना खानका लागि निस्केको बेला  कांग्रेस कार्यकर्ताबाट गुण्डागर्दी शैलीमा आक्रामण भएको आरोप लगाएको छ ।

राजपाका जिल्ला अध्यक्ष सञ्जय चौधरीले राती साढे ११ बजे  देबी चोकमा जिल्ला नेता जीवनाथ चौधरी,  सञ्जय शाहका कार्यकर्ता नवीन यादव, तरुण दलका नगर उपाध्यक्ष राकेश विक्रम साहलगायतले आक्रमण गरेको आरोप लगाए । त्यहाँ आफूहरु कुनै गलत मनसाय राखेर गएको नभई  कार्यकर्ताको घरमा भेटघाट र  खाना खानको लागिमात्रै गएको दाबी गरे ।

यस्तै कांग्रेस स्थानीय नेता जीवनाथ चौधरीले मौन अवधिमा मतदाता प्रभावित पार्न  पैसा बाड्न महतोलगायतको टोली हिँडेको पाइएपछि  आफूहरुले अवरोधमात्रै गरेको बताए । कांग्रेसका कार्यकर्ताको अवरोध र झडपपछि महतोलगायतका नेता कार्यकर्ता त्यहाँबाट भागेको बताइएको छ ।