Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

एउटै घरलाई लक्षित गरी दुई पटक बम प्रहार

Tuesday, December 5, 2017 National Power

१९ मंसिर, कपिलवस्तु – स्थानीय नेताको घरलाई लक्षित गरी दुई वटा बम प्रहार भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ५ कोपवा बजार नजिकका स्थानीय कांग्रेस नेता दुनिका भुसालको घरलाई लक्षित गरी गएराति र आज बिहान दुई बम प्रहार भएको हो ।

राति भुसालको घरको सटर अगाडि पेट्रोल बम बिस्फोट भएको थियो । बिस्फोटबाट उनको गाडीमा सामान्य क्षति पुगेको छ । त्यस्तै, आज बिहान फेरी उनकै घर अगाडि रकेड बम फेला परेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले रातोपाटीलाई जानकारी दिए । बिहान भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको प्रहरी निरीक्षक कार्कीले बताए । बम भेटिएपछि उनको परिवारसँगै स्थानीय बासिन्दा त्रसित बनेका छन् । बम राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।