Saturday 19th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

गगन थापालाई लक्षित गरेर बम विस्फोट गराइयो, थापासहित १० घाइते (अपडेट)

Monday, December 4, 2017 National Power

१८ मंसिर,  काठमाण्डौ – नारायणस्थानस्थित चपली हाइटमा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरेर बम विस्फोटन गराउँदा थापासहित १० जना घाइते भएका छन् । घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइते मध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर, दुईजनाको गम्भिर र सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख प्रा। डा। प्रतापनारायण प्रसादका अनुसार गगन थापालगायत अन्य १० जना घाइतेलाई इमर्जेन्सीमा भर्ना गरिएको छ । थापाको पिठ्युमा सामान्य चोट लागेको देखिएको छ । एक्सरेलगायतका थप परीक्षण भइरहेको छ ।घाइते मध्ये चारजनालाई गम्भीर र छजनालाई सामान्य चोट लागेको छ,ु डा। प्रसादले भने, उहाँहरु सबैलाई ब्लाष्ट इञ्जुरी हो । थापाका सहयोगी प्रताप पौडेलका अनुसार गम्भीर घाइतेहरुमा श्यामकृष्ण श्रेष्ठ, जयराज लामिछाने, राजकाजी श्रेष्ठ, रेणु भरुवाल रहेका छन् । यस्तै सामान्य घाइतेमा ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, सुमन खड्का, रविन्द्र कार्की, काशिलाला श्रेष्ठ, पर्शुराम थापा रहेका छन्। नेपाल प्रहरी काठमाडौं परिसर प्रमुख एसएसपी राजेन्द्र धानुकले गगन थापालाई बमको छर्रा लागेको जनाकारी दिए ।