Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

नेकपा माले र जनसमाजवादी पार्टीको चुनावी दौड

Sunday, December 3, 2017 National Power

काठमाण्डौ- नेकपा माले र समाजवादी पार्टी को संयुक्त प्रगतीशील लोकतान्त्रीक गठबन्धनले आफ्ना सम्पुर्ण चुनावी कार्यक्रहरुलाई तिब्रताका साथ अगाडी बढाई रहेको छ । दोस्रो चरणको प्रदेशसभाको चुनाव नजिकिदै गर्दा संयुक्त प्रगतीशील लोकतान्त्रीक गठबन्धनले विभिन्न किसिमका चुनावी सभा,घरदैलो कार्यक्रम, लगायत मतदाताहरुलाई मतदान गर्ने तरिकाका बारेमा समेत आफैले शिक्षा दिदै हिडिरहेका छन् । ठुलादलहरुका विचमा चुनावी मैदानमा जानु गठबन्धनका लागि त्यति सहज नभए पनि आफ्नो बलबुताले भ्याए सम्म चुनावी प्रचार प्रसारमा जुटीरहेको नेकपा मालेका नेता तथा कार्यकर्ताहरुले जानकारी दिएका छन् ।


आफ्नो पार्टीको एजेण्डा राष्ट्रियता,संविधान कार्यन्वयन, जनजिविका र आत्मनिर्भता लगायत मुख्य चुनावी एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको प्रगतीशील गठबन्धनले आफु ठुलादलहरु भन्दा केहि पछाडी नै परेको महसुस भएको बताएका छन् । आर्थिक रुपले सम्पन्न ठुला राजनितिकदलहरु चुनावमै करोडौ खर्च गर्ने गर्नाले पनि अलि बढी चर्चामा आएको तर जनताले पैसार प्रलोभनमा नपरेर आफ्नो मत सहि र सक्षम उम्मेदवारलाई दिएर प्रगतिशिल लोकतान्त्रीक गठबन्धनलाई नै जिताउनेमा आफुहरु विस्वस्थ रहेको बताएका छन् ।
लामो समय देखी नेकपा मालेमा सक्रिय रुपमा रहेका पुर्व मन्त्री एवम् प्रदेश सभाका उम्मेदवार कुमार वेलवासे यति बेला देश व्यापिरुपमा चुनावी प्रचार प्रसारको शिलशिलामा कपिलबस्तुमा पुग्नुभएको छ । उहाँले कपिलबस्तुमा रहेका नेकपा माले तथा जनसमाजवादी पार्टीको संयुक्त लोकतान्त्रीक गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई प्रचारप्रसारमा सहयोग गरिरहेका छन् । त्यस्तै काठमाण्डौ बाट समानुपातीक उम्मेदवार निलम केसी तथा प्रत्यक्ष तर्फका उम्मेदवार नरेन्द्र ढकाल पनि मतदाताको मतलाई आफ्नो पोल्टोमा पार्न घरदैलो तथा विभिन्न किसिमका चुनावी अभियानमा जुटिरहेका छन् ।
उता खोटाङको चुनाव सकेर आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई सघाउन खोटाङका उम्मेदवार केपी फुयाल अहिले चुनावी प्रचार प्रसारकै अभियानमा उदयपुरमा रहेका छन् । कपिलबस्तु लगायत विभिन्न तराईका जिल्लाहरुमा पनि चुनावी प्रचार प्रसार तिब्र रुपमा अगाडी बढीरहेको कपिलबस्तुका उम्मेदवार चन्द्रकान्त अचार्यले बताएका छन् । यति बेला देश चुनावमय भईरहेको छ । पहिलो चरणको प्रदेश सभाको चुनाव यहि मंसिर १० गते सम्पन्न भईसकेको छ । पहिलो चरणको सम्पुर्ण चुनावी कार्यक्रम सकेर दोस्रोचरणको चुनावका लागि लोकतान्त्रीक गठबन्धनका नेता तथा कार्यबर्ताहरु तातरिहेका छन् । त्यसै गरि चितवनबाट डम्बर श्रेष्ठ, मनबहादुर झाँ, सिराहाबाट रामप्रकाश गुप्ता, मोरङबाट एनपी आचार्य , झापाबाट खगेन्द्र प्रसाई,नवराज खरेल पाँचथरबाट दिननाथ घिमिरे, प्युठानबाट गोविन्द केके,काठमाण्डौबाट सुरेन्दै ढकाल ,कुमार विष्ट त्यस्तै कपिलबस्तुबाट चन्द्रकान्त आचार्य, रौतहटबाट कृष्ण राई, अनवरी खातुन,रुपा थोकर,कास्कीबाट टेकनाथ भण्डारी,भक्तपुरबाट दिनेश खाती केदार लक्ष्मी श्रेष्ठ,बलराम खत्री त्यसै गरी दाङबाट महेन्द्रशाह,कैलालीबाट सीता कुमारी थारु, परेक बहादुर रावल ,तनहुबाट शंकर पोखरेल,बाग्लुङबाट हरिहर थापा, निरबहादुर क्षेत्री, पर्वतबाट एम वि.क, गुल्मीबाट राजकुमार श्रेष्ठ ललितपुरबाट रामप्रसाद भट्ट,कुमारी लामिछाने,विक्रम खड्का, मनिराज शाक्य, शंगरत्न बज्राचार्य , काभ्रेबाट शुरथ चौलागाई लगायतका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

मौन समयको केही समय मात्रै वाँकी रहँदा चुनावी कार्यक्रममा भागदौडमा रहेका नेता तथा कार्यकर्ता आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्ने उदेश्यले विभिन्न समाचार माध्यमलाई समाचार सम्प्रेषण गर्ने र अन्तवाताृ दिने एवं आमसभा तथा कोणसभामा सम्वोधन गर्ने क्रमममा प्रगतिशील लोकतान्त्रिक गनठवन्धनका नेताहरुमा नेकपा मालेका महासचीव सीपी मैनाली झापामा रहेकाछन् भने जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्ले काठमाण्डौमा रहेर प्रचार प्रसारलाई तिव्रता दिएकाछन् ।