Tuesday 25th June 2024

    १२ औं नेपाल अफ्रिका चलचित्र महोत्सब सम्पन्न    ‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक    छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्डका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    नेपाली जन-प्रगतिशिल मञ्च साउदी अरबको कासिम क्षेत्रिय संगठन विस्तार, अध्यक्षमा सुरेन्द्र तुम्वहाम्फे चयन    कल्पना बिष्टको ‘मेरो दुःख मेरो पिडा’ बोलको गीतको भिडियो सार्वजनिक

सहिदको तस्वीरलाई दुरुपयोग नगर : आयोग

Friday, December 1, 2017 National Power

५, मंसिर, काठमाडौं –  निर्वाचन आयोगले सहिदको तस्वीरलाई दुरुपयोग गरेर भोट नमाग्न दलहरुलाई चेतावनी दिएको छ ।

प्रदेश २ मा मधेस केन्द्रीय दलहरुले आन्दोलनका क्रममा मारिएकाहरुको तस्वीर, आन्दोलनको भिडियो प्रयोग गरेर भोट मागिरहेका छन् । अन्य दलहरुले यसबारे आयोगको ध्यानाकर्षण गराएका छन् ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनको तस्वीर, ध्वनी तथा सहिदको तस्वीर प्रयोग नगर्न भनेको छ । आयोगका प्रवक्ता नवराज ढकालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता सामाग्रीहरु निर्वाचन आचार संहिता विपरीत भएका र यस्ता सामग्रीहरुबाट सहिदको सम्मानमा समेत आघात पुग्ने भइकाले तत्काल हटाउन निर्देशन दिइएको छ ।’

आयोगले अटेरी गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र अनुगमनकर्तालाई निर्देशन दिएको छ ।