१४ मंसीर, मोरङ – नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू निडर र विकासप्रेमी नेताका रूपमा चिनिन्छन् । शालीन, इमान्दार तथा कुशल नेता लिम्बू उत्तरी मोरङको सामाजिक तथा राजनीतिक गतिविधिमा प्रमुख पात्रका रूपमा चिनिन्छन् । जनताको सुखदुःखमा सधै साथ दिदैँ आएका सभापति लिम्बू जनताकै सेवा गर्छु भनेर राजनीतिमा प्रवेस गरेको बताउँछन् । लिम्बू, तीन दशकदेखि निरन्तर जनताको सेवा र कांग्रेसको संगठन निर्माणमा जुटिरहेका छन् । त्यसैको परिणामस्वरूप २०७० सालको चुनावमा संविधानसभा सदस्यमा निर्वाचित भए ।
सम्पूर्ण जीवन राजनीति र समाजसेवाका लागि सुम्पेका लिम्बू पहिलोपटक निर्वाचित भएसँगै यसअघिका सांसद्ले गर्न नसकेका र असम्भव मानिँदै आएका कार्यहरू कुशलताका साथ सम्पन्न गररे ‘ब्रेक थ्रु’ गरेका छन् । संविधान निर्माणसँगै उत्तरी मोरङमा विकासका लागि त उनी भरोसाका पात्र नै बनेका छन् । २२ वर्षसम्म कम्यूनिष्ट निर्वाचित हुँदा पनि नभएका विकास निर्माणका काम लिम्बूले गरेको भन्दै स्थानीयले प्रशंसा गर्ने गरेका छन् । यतिबेला लिम्बू आफूले शुरू गरेका विकास निर्माणका कामलाई पूरा गर्नका लागि पुनः चुनावी मैदानमा छन् ।
मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि उम्मेद्वार बनेका लिम्बूको पक्षमा चुनावी माहोल जुट्दै गएको छ । लामो समयदेखि सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल लिम्बूले आम जनताको दैनिकसँग जोडिएका समस्याहरूलाई चुनावी एजेन्डा बनाएर प्रचार–प्रसारमा होमिएका छन् । उनको चुनावी एजेन्डामा नदी तटबन्ध, सडक पूर्र्वाधार, सुकुम्बासी समस्या समाधान, कृषि, सिचाइं, स्वास्थ्य, शिक्षा, रोजगार, खानेपानी वितरणसम्मको योजना समावेश छन् । विगतमा उनले गरेको कामको मूल्यांकन गर्दै प्रभावशाली प्रखर नेता लिम्बूलाई क्षेत्र नं. १ का मतदाताले आफ्नो अमूल्यमत दिने बताएका छन् । जनताको साझा नेता भनेकै लिम्बू रहेको भन्दै उनीहरूले पार्टी हैन डिगबहादुर लिम्बू नै उत्तरी मोरङको विकाशको मुल हो भन्दै आफ्नो मत दिने बताएका छन् । जनताको काममा समय र आफ्नो समस्या नदेख्ने सबैलाई समान ब्यवहार गर्ने सरल स्वभाव रहेका लिम्बूलाई मत हाल्न पाउनु भाग्य रहेको भन्दै मतदाताहरूले आफ्नो मत लिम्बूलाई नै प्रयोग गर्ने बताएका छन् ।
घर दैलोमा निस्किएका लिम्बूलाई जाहाँ गयो त्यही स्थानीयले भब्य स्वागत गरेका छन् । कतिपयले त मन्त्री भएस भनी आर्शीवाद समेत दिएका छन् । सरल स्वभावका नेता रहेकै कारण पनि उनी लोकप्रिय रहेका हुन् । सामाजिक कार्यमा अग्रसर रहने लिम्बू सबैको मुखमा कन्ठस्त रहेका नेता हुन् । उनि प्रष्ट वक्ताको रूपमा पनि चिनिने गरेका छन् । युवाको पहिलो रोजाइमा परेका उनी जेष्ट नागरिकका पनि निकै प्रिय मानिन्छन् ।
यतिखेर वाम गठबन्धनको सामना गरिरहेका लिम्बू बलियो उम्मेद्वार रहेका छन् । युवा वर्गले रोजेका नेता लिम्बूले वाम गठवन्धनका उमेद्वार घनश्याम खतिवडालाई सजिलै जित्ने आकलन राजनीतिक विश्लेषकहरूको रहेको छ । मतदाताहरूले पनि खतिवडालाई भन्दा लिम्बूलाई नै रोज्ने बताउँछन् । उनीहरूले जनताको हरेक दुःखमा साथ दिएका नेता लिम्बू सहयोग गर्दा कुन पार्टीको नसोध्ने सक्दो सहयोग गर्ने गरेको समेत बताएका छन् । मतदाताहरूले बाढीले घरबाहार विहिन बनाएको बेला लिम्बूले स्थानीयको बासस्थानको तयारी गर्दै गर्दा खतिवडा कुन ठाउँबाट रमिता हेर्दै थियौ भन्ने प्रश्न समेत गरेका छन् ।