Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

काली काली लिएर आउदै दुर्गा साउंद

Sunday, November 26, 2017 National Power

१० मंसिर,काठमाण्डौ – धरान लाहुरे, मनपरेको मान्छे पाउंंदा, पैसा भन्दा सवै मर्ने लगायतका आधुनिक तथा लोक गीतहरुलाई बजारमा ल्याईसकेकी दुर्गा साउंदले एक दर्जन भन्दा बढी चलचित्रहरुमा पनि स्वर दिईसकोकी छन् ।

नेपाली सांगीतीक आकाशमा फरक प्रकृतिको गायन शैलीमा आफुलाई प्रस्तुत गर्ने कोशिसमा रहेकि छन् दुर्गा । के म तिम्रो होईन र, यू टर्न ,डि एप्पल, मधेशी पुत्र,बर्दी, कुईनेटो लगायतका चलचित्रहरुमा उनले आफ्नो स्वर दिईसकेकी छन् ।

अरुको चाप्लुसीमा नभई आफ्नै कलाले अघि बढ्दै गरेकी दुर्गा यति वेला संगीतकारहरुको रोजाईमा पर्ने गर्दछिन । विशेषत आईटम नम्बरको गायनमा अब्बल दुर्गा सास्त्रीय संगीतमा पनि उत्तिकै पारंगत रहेकी छन् ।

आईटम नम्बरका लागि जमेकी दुर्गाले लोक , आधुनिक तथा गजलगीतहरुमा समेत उत्तिकै अब्बल देखिएकी छन् । हाल सालै मात्र रेकर्डिङ सकायर आफ्नो नयाँ लोक आधुनिक गीत काली कालीलाई लिएर उनि छिटै बजारमा आउने भएकि छिन । यो गीत बाट दुर्गा निकै आशावादी देखिएकि छिन् ।