Sunday 13th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

काली काली लिएर आउदै दुर्गा साउंद

Sunday, November 26, 2017 National Power

१० मंसिर,काठमाण्डौ – धरान लाहुरे, मनपरेको मान्छे पाउंंदा, पैसा भन्दा सवै मर्ने लगायतका आधुनिक तथा लोक गीतहरुलाई बजारमा ल्याईसकेकी दुर्गा साउंदले एक दर्जन भन्दा बढी चलचित्रहरुमा पनि स्वर दिईसकोकी छन् ।

नेपाली सांगीतीक आकाशमा फरक प्रकृतिको गायन शैलीमा आफुलाई प्रस्तुत गर्ने कोशिसमा रहेकि छन् दुर्गा । के म तिम्रो होईन र, यू टर्न ,डि एप्पल, मधेशी पुत्र,बर्दी, कुईनेटो लगायतका चलचित्रहरुमा उनले आफ्नो स्वर दिईसकेकी छन् ।

अरुको चाप्लुसीमा नभई आफ्नै कलाले अघि बढ्दै गरेकी दुर्गा यति वेला संगीतकारहरुको रोजाईमा पर्ने गर्दछिन । विशेषत आईटम नम्बरको गायनमा अब्बल दुर्गा सास्त्रीय संगीतमा पनि उत्तिकै पारंगत रहेकी छन् ।

आईटम नम्बरका लागि जमेकी दुर्गाले लोक , आधुनिक तथा गजलगीतहरुमा समेत उत्तिकै अब्बल देखिएकी छन् । हाल सालै मात्र रेकर्डिङ सकायर आफ्नो नयाँ लोक आधुनिक गीत काली कालीलाई लिएर उनि छिटै बजारमा आउने भएकि छिन । यो गीत बाट दुर्गा निकै आशावादी देखिएकि छिन् ।