Tuesday 3rd August 2021

    गीतकार खनालको मौलिक तीज गीत ‘छोरीको करिम’ सार्वजनिक    नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन नेपाल) को पाँचौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न    तेश्रो नेपाल कल्चरल फिल्म फेष्टिवको मनोनयन सार्वजानिक    निर्मलालाई एक नारीको खुला पत्र : ‘नारी समाज फुटाउनेले समाज कसरी जोड्न सक्छ ?    विश्वभर फैलियो डेल्टा भेरियन्ट

प्रदेश नं ४ का २०५ मतदानस्थल अतिसंवेदनशील

Sunday, November 26, 2017 National Power

१० मंसिर, पोखरा –  यही मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश नं ४ का एक हजार २४७ मतदानस्थलमध्ये २०५ मतदानस्थल अतिसंवेदनशील ठहर गरिएको छ ।

पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालको अध्यक्षतामा शनिबार बसेको क्षेत्रीय सुरक्षा समितिको बैठकले ४६० संवेदनशील र ५८२ मतदानस्थललाई सामान्य रुपमा लिएको छ । त्यस्तै प्रदेश नं ५ का ९१० मतदानस्थलमध्ये २७२ अतिसंवेदनशील, २७४ संवेदनशील र ३६० लाई सामान्य मतदानस्थलमा वर्गीकरण गरी सोहीअनुरुप भरपर्दो एवं मजबुत एकीकृत सुरक्षा व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्तापूर्व), रुपन्देही र गोरखालाई अतिसंवेदनशील, कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ्ग र अर्घाखाँचीलाई संवेदनशील र मनाङ, लमजुङ, तनहुँ, मुस्ताङ, पर्वत, पाल्पा, गुल्मी र नवलपरासी (बर्दघाट पश्चिम)लाई सामान्य जिल्लाका रुपमा वर्गीकरण गरिएको प्रदेश नं ४ को प्रहरी कार्यालयले जनाएकोे छ ।