Tuesday 3rd August 2021

    तारकेश्वर नगरपालिका वडा नम्बर १ मा रुखलाई चौतारोका रुपामा परिणत    सकारात्मक सोचले नै समाजसेवा गर्न मानिसलाई प्रेरित गर्दछ: राधेश्याम मिश्र (अध्यक्ष, वातावरण मैत्री समाज)    गीतकार खनालको मौलिक तीज गीत ‘छोरीको करिम’ सार्वजनिक    नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन नेपाल) को पाँचौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न    तेश्रो नेपाल कल्चरल फिल्म फेष्टिवको मनोनयन सार्वजानिक

सिन्धुपाल्चोकमा माले–जनसमाजवादीको धक्का

Friday, November 24, 2017 National Power

 

८ मंसिर,काठमाडौं  – १० गते हुन लागेको प्रतिनिधि र प्रदेश सभाको चुनावमा सिन्धुपाल्चोक जिल्लामा बामपन्थी र लोकतान्त्रिक दुई गठबन्धनलाई माले–जनसमाजवादीले धक्का दिने भएको छ ।


एक रूझान अनुसार ति गठबन्धनभित्रका आन्तरिक विवाद र तल्लो तहसम्मको कार्यकर्ताको असन्तुष्टिका कारण तेस्रो गठबन्धन नेकपा माले र जनसमाजवादी दलका उम्मेदवारले धक्का दिने भएका हुन् ।
सिन्धुपाल्चोक–१ मा माले–समाजवादीले प्रतिनिधि सभाका लागि तयार पारेको उम्मेदवार बामपन्थी गठबन्धनले प्रभावमा पारेपनि प्रदेश सभामा बलियो मत ल्याउने एक प्रक्षेपणले देखाएको छ ।

उता, सिन्धुपाल्चोक–२ को प्रतिनिधि सभामा भने माले–समाजवादीका उम्मेदवार वीरबहादुर तामाङले कडा चुनौति दिने अनुमान गरिएको छ । लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र बामपन्थी गठबन्धनबाट एमालेका शेरबहादुर तामाङसँग वीरबहादुरले चुनावी भिडन्त साँध्ने भएका छन् । राणालाई स्थानीयले टुरिस्ट उम्मेदवार भनेका छन् भने शेरबहादुरले अघिल्ला चरणमा जितेर पनि विकासका काम नगरेको आरोप खेपीरहेका छन् ।

माले–समाजवादीका उम्मेदवार वीरबहादुर अघिल्लो संविधानसभाका चुनावमा खटिएका थिए । माले सिन्धुपाल्चोकमा अघिल्ला चुनावमा तेस्रो स्थानमा मत पाउने दल हो । यता, सिन्धुपाल्चोक–१ को दुवै प्रदेश सभामा पनि माले–समाजवादी गठबन्धनका दुई उम्मेदवारको बलियो प्रभाव रहेको छ । दलित समुदायको बाक्लो बस्ती रहेको प्रदेश ‘क’मा मोहनलाल विश्वकर्मा र ‘ख’मा बुद्धकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको माले–समाजवादीले बामपन्थी गठबन्धनको मत आफ्नो पक्षमा पार्ने विश्लेषण गरिएको छ । प्रदेश सभाका दुवै जना स्थानीयस्तरमा प्रभाव राख्ने पूर्वमाओवादी हुन् ।

सिन्धुपाल्चोक समग्र जिल्लामा बामपन्थीको मत बलियो रहेपनि अघिल्लो पटकको संविधानसभाको चुनावमा क्षेत्र–१ बाट कांग्रेसका मोहनबहादुर बस्नेतले जित निकालेका थिए । तर, यसपटक बाम गठबन्धनका कारण बस्नेतको पनि अवस्था बलियो नरहेको बुझिएको छ । बस्नेत आफैंले पनि बामपन्थी गठबन्धनको मत चोर्न नसकेको खण्डमा लोकतान्त्रिक गठबन्धनको जीत सुनिश्चित नहुने अवस्थाको आँकलनमा रहेको बताइन्छ ।

एक अध्ययनअनुसार लोकतान्त्रिक गठबन्धन सो क्षेत्रमा ५५ सय मतले अझै पछाडी रहेको छ । यता, उक्त अवस्थालाई प्रदेशसभामा प्रभाव पार्न सकिने आँकलन माले–समाजवादीले गरेको छ ।
उता, माले समाजवादीले ३ नम्बर प्रदेश अन्तर्गत सिन्धुपाल्चोकको समानुपातिकमा उल्लेख्य मत ल्याउन सक्ने अनुमान गरेको छ । समानुपातिक तर्फका उम्मेदवार नैनबहादुर लुवागुणका अनुसार बामपन्थीको मत तेस्रो गठबन्धनका लागि झर्ने दाबी गरे । लुवागुण नेकपा माओवादी केन्द्रका पूर्व कार्यकर्ता हुन् । उनको माओवादी पार्टी र मतदातामा राम्रो प्रभाव रहेको छ ।

सिन्धुपाल्चोक जिल्लमा पार्टीको प्रभाव राम्रो रहने अनुमान गरेको अध्यक्ष जन समाजवादी दलका अध्यक्ष सुवासराज काफ्लेले बताए । उनले भने,‘१० गतेको चुनावमा सिन्धुपाल्चोकमा एउटा क्षेत्रमा प्रतिनिधि र अर्कोमा प्रदेशसभा हाम्रो गठबन्धनले जित्ने अनुमान हामीले गरेका छौं ।’ उनका अनुसार सिन्धुपाल्चोकमा चुनावी र घरदैलोमा पार्टीले प्रभावकारी काम गरेको थियो ।

 

सभार :साझा पोष्ट