Sunday 20th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

मिलापकर्मी गीतालाई पत्रकारिता सम्मान

Thursday, November 23, 2017 National Power

७ मंसिर, काठमाडौं  – नेपाल चलचित्र कलाकार सघंले मिलाप मासिक र mष्उिलभधक।अयmकी कार्यकारी सम्पादक गीता अधिकारीलाई पत्रकारिता सम्मान गर्ने भएको छ । नेपाल चलचित्र कलाकार संघको मंसिर ४ गते सोमबार बसेको बैठकले विभिन्न पुरस्कार र सम्मान घोषणा गरेको हो । नेपाल चलचित्र कलाकार संघ पत्रकारिता सम्मान २०७४ बाट पत्रकार तुलसी गिरी ‘भावुक’ र आरके सुवेदीलाई पनि सम्मान गरिने भएको छ ।

यस्तै चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार २०७४बाट मह जोडि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गरिने भएको छ ।यसैगरी शान्ति मास्के पुरस्कारबाट आर।पि। पन्त, विशेष सम्मान गेहेन्द्र धिमाल र वसन्त श्रेष्ठ, नव प्रतिभा सम्मान दीपिका प्रसाईं, सेवा सम्मानबाट राजेन्द्र शलभ, शम्भु निरौला, जय श्रेष्ठ र प्रकाश धिताललाई प्रदान गरिने संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी गराए ।