Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

मिलापकर्मी गीतालाई पत्रकारिता सम्मान

Thursday, November 23, 2017 National Power

७ मंसिर, काठमाडौं  – नेपाल चलचित्र कलाकार सघंले मिलाप मासिक र mष्उिलभधक।अयmकी कार्यकारी सम्पादक गीता अधिकारीलाई पत्रकारिता सम्मान गर्ने भएको छ । नेपाल चलचित्र कलाकार संघको मंसिर ४ गते सोमबार बसेको बैठकले विभिन्न पुरस्कार र सम्मान घोषणा गरेको हो । नेपाल चलचित्र कलाकार संघ पत्रकारिता सम्मान २०७४ बाट पत्रकार तुलसी गिरी ‘भावुक’ र आरके सुवेदीलाई पनि सम्मान गरिने भएको छ ।

यस्तै चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार २०७४बाट मह जोडि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गरिने भएको छ ।यसैगरी शान्ति मास्के पुरस्कारबाट आर।पि। पन्त, विशेष सम्मान गेहेन्द्र धिमाल र वसन्त श्रेष्ठ, नव प्रतिभा सम्मान दीपिका प्रसाईं, सेवा सम्मानबाट राजेन्द्र शलभ, शम्भु निरौला, जय श्रेष्ठ र प्रकाश धिताललाई प्रदान गरिने संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी गराए ।