Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

मधेश अधिकार सम्पन्न नभएसम्म आन्दोलन : महतो

Wednesday, November 22, 2017 National Power


६ मंसिर, धनुषा – राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेस र मधेशी जनताको आधारभूत आवश्यक्ता पूरा गर्ने जिम्मेवारी मधेशवादी दलको काँधमा आएको बताउनुभएको छ ।धनुषाको नगराइन नगरपालिकास्थित लगमा आज आयोजित चुनावी सभामा उहाँले मधेशीको हक अधिकार, स्वाभिमान र सम्मानको रक्षाका लागि मधेशवादी दलकै पक्षमा मतदान गर्न सबैमा अपिल गर्नुभयो ।

धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता महतोले भन्नुभयो– “मधेशी जनताकै मत लिएर मधेशी जनतामाथि नै गोली चलाउने हत्यारालाई यस पटकको निर्वाचनबाटै मधेशी जनताले हिसाब लिने छ ।”

हाम्रो आन्दोलन मधेशअधिकार सम्पन्न नभएसम्म जारी रहने उल्लेख गर्दै उहाँले मधेशी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म हाम्रो आन्दोलन जारी रहन्छ भन्नुभयो ।

नेता महतोले राजपा जिते मात्रै मधेशको जित हुने बताउँदै “मधेशलाई अधिकार सम्पन्न र बराबरीको हक दिलाउन राजपालाई जिताउनुस् भन्नुभयो ।”

“काँग्रेस सधैँ सत्तामा रहेको छ, तर पनि यहाँका जनकपुर चुरोट कारखाना बन्दभयो, जनकपुर भिठ्ठामोड, जटहीलगायतका सडकको अवस्था जीर्ण छ, यहाँसम्म कि जानकी मन्दिरलाई पनि विश्व सम्पदा सूचीमा ल्याउन सकिएन्” उहाँले भन्नुभयो — “राजपा जितेर गयो भने यी सबै मुद्दाको सम्बोधन हुन्छ ।”