Sunday 20th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

सहिमाको गीतमा नायिका सारिकाले मर्काइन कम्मर

Monday, November 20, 2017 National Power

४ कार्तिक, काठमाडौं – गायिका सहिम श्रेष्ठको ‘यो मौसम पनि कति रमाइलो…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका सारिका घिमिरेले कम्मर मर्काएकी छन् । सारिकालाई राजकुमार श्रेष्ठले साथ दिएका छन् अभिनयमा । राजकुमारकै शब्द तथा सङ्गीत रहेको गीतमा हरि लम्सालको एरेन्ज रहेको छ ।

रविन्द्र बरालको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् भने मिलन थापाको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

चलचित्र, म्युजिक भिडियो एवम् विज्ञापनहरुबाट धेरै दर्शकको मन मष्तिकमा राज गर्न सफल सारिका पछिल्लो समय गायिकाको रुपमा पनि स्रोता माझ आएकी छिन् । उनको पहिलो गीति एल्वम ‘मोहनी’ केही समय अघि सार्वजनिक भएको थियो ।

 

Video Link