Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रकाश दाहालको निधनप्रति मालेद्वारा दुःख व्यक्त(विज्ञप्ति सहित)

Sunday, November 19, 2017 National Power

३ संसिर,काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा तथा नेकपा माओवादी– केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहालको निधनप्रति नेकपा मालेका महासचिव सी.पी मैनालीले दुःख व्यक्त गरेका छन् ।

उहाँको निधनको खबरले सिंगो नेकपा माले स्तब्ध बनेका बताएका छन् । पाटीका महासचिव सी.पी मैनाली नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडामा गएर दिवंगतप्रकाश दाहाल प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साथै यस दुखद् घडीमा शोकसंतप्त नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित समस्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।