Monday 25th October 2021

    व्याक्तित्व बिकास सम्वन्धी क्लास लिदै 'मिस लिटिल नेवा' का प्रतिस्पर्धीहरु    रोजक र सुहानी बने 'मिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१'    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)

निगमको जहाज किन्ने स्टन्टले फसे एनआरएनए अध्यक्ष भवन भट्ट, १३ करोड ६८ लाख रुपैयाँ बुझाउन नसक्दा सम्पर्कविहिन

Thursday, November 16, 2017 National Power

३० कात्तिक, काठमाण्डौ – गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल वायुसेवा निगमको बोइङ ७५७ विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको महिना दिन बित्यो । ३० असोजमा भएको संघको चुनावअघि उनले एक करोड ५० लाख रुपैयाँ बुझाएका थिए । तर, एक साताभित्र बुझाउनुपर्ने बाँकी रकम अझै निगमले पाएको छैन ।


म्याद गुज्रिसक्दासम्म सम्पर्क पनि हुन नसकेपछि वायुसेवा निगम नै अन्यौलमा परेको छ । बाँकी रकम बुझाउने–नबुझाउने भन्ने कुनै निर्णय पनि आएको छैन । संघको चुनावका बेला भट्टले जहाज खरिद गरेको समाचार सार्वजनिक भएको थियो । अग्रिम रकम बुझाएर उनी सम्पर्कविहीन भएपछि निगमका लागि बोइङ–७५७ फेरि टाउको दुखाइको विषय बनेको छ । ३–४ पटकसम्म गरिएको बोलपत्र आह्वानको उपलब्धि देखिएको छैन । आगामी बोर्ड बैठकबाट उक्त विमानबारे निर्णय लिने तयारी निगमको छ ।

निगमले भट्टलाई १४ लाख ६० हजार अमेरीकी डलर अर्थात् १५ करोड १८ लाख रुपैयाँमा विमान बिक्री गरेको थियो । त्यसमध्ये डेढ करोड रुपैयाँ बुझाए । बाँकी १३ करोड ६८ लाख रुपैयाँ बुझाउन बाँकी छ । चुनाव अगाडी प्रचारका लागि सो बिमान किन्ने भनिएपनि बिमान ममर्त गर्न झण्डै ८० करोड रुपैयाा खर्च हुने भएका कारण भवन बिमान किन्ने योजनालाई अगाडी बढाउन नखोजेको बुझिएको छ ।

सन् १९८७ मा खरिद गरिएको उक्त विमानको मर्मत खर्च बढ्दै जाने र लागतअनुसार नाफा पनि नहुने देखेपछि निगमले बिक्री गर्ने निर्णय लिएको हो । नयाँ इन्जिन फेर्न मात्र एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ । उक्त विमान चैत ०७२ देखि ग्राउन्डेड भएर थन्किएको छ । बोइङ ७५७–२०० सिरिजको विमानको दर्ता नम्बर हो, नाइन एन–एसीए । उक्त विमानले हालसम्म ८६ हजार चार सय १० घण्टा उडान भरेको छ ।