Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

मतदाता शिक्षाका स्वयंसेवक खटिए

Monday, November 13, 2017 National Power

२७ कात्तिक, पोखरा –  क्षेत्रीय निर्वाचन कार्यालय, पोखराले मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवकलाई खटाएको छ ।मतदाता शिक्षा तालीम लिएका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र बाल विकास केन्द्रका शिक्षिका गरी ३१७ स्वयंसेवक मतदान केन्द्रमा खटिएका छन् ।

स्वयंसेवकहरुले आपूm खटिएको मतदान केन्द्रमा पुगी मतदातालाई मतदान गराउने तरिकाबारे सिकाउने क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो । उनीहरुले निर्वाचन आयोगबाट प्राप्त नमूना मतपत्र, पोस्टर र पम्प्लेटजस्ता सामग्री पनि लिएर गएको बताइएको छ ।