Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

कंगारु नेशनल पावर न्युज एजुकेशन अवार्ड २०१७ सम्पन्न

Saturday, November 11, 2017 National Power

२५ कार्तिक, काठमाण्डौ – मिडिया एण्ड ईन्टरटेनमेन्टको आयोजनामा कंगारु नेशनल पावर न्युज एजुकेशन अवार्ड २०१७ सम्पन्न भएको छ । रक्षा मन्त्री भिमसेनदास प्रधानको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको उक्त अवार्ड कार्यक्रमा विभिन्न स्कुल तथा कलेजहरुले विभिन्न विधामा अवार्ड प्राप्त गरेका थिए ।
कार्यक्रममा रक्षामन्त्री प्रधानले नेपालको शैक्षिक ईतिहासमा एउटा उत्कृष्ठ कामको शुरुवात भएको बताए । उनले यस्ता अवार्ड कार्यक्रमहरुले शिक्षा क्षेत्रको विकासको लागि महत्वपुर्ण भुमिका खेल्ने पनि बताए ।

मित्र राष्ट्र बंगलादेशका राजदुत मस्फि विन्टे साम्सले नेशनल पावरन्युजले नेपाली शिक्षा क्षेत्रमा उत्कृष्ट कामको सुरुवात गरेको भन्दै आफ्नो मुलकले पनि यसबाट शिक्षा लिनुपर्ने बताए ।त्यसैगरी काठमाण्डौ जिल्लाका जिल्लाशिक्षा अधिकारी प्रेम सापकोटाले मिडियाले आयोजना गरेको यो कार्यक्रम साच्चिकै उत्कृष्ठ रहेको छ र यस्ता कार्यक्रमहरुले शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने बताए ।

कार्यक्रममा आयोजक समितीका अध्यक्ष माधवराज खरेलले पहिलो पटक आयोजना गरिएको अवार्ड कार्यक्रममा सहभागी सम्पुर्ण स्कुल तथा कलेजहरुलाई धन्याबाद दिदै यो अवार्ड कार्यक्रम कसैलाई उचोनिचो देखाउनु नभई शैक्षिक क्षेत्रको विकासको लागि सकारात्मक प्रतिस्पर्धाको भावना जागृत होस भन्ने उद्देश्यले गरेको बताए । साथै आगामी दिनहरुमा पनि यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गरि नेपाली शैक्षिक क्षेत्रलाई सकारात्मक उर्जावान बनाउन प्रयास गर्ने बताए ।

कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मान पाउनेहरुमा समता एजुकेशन फाउण्डेसनका उत्तम सञ्जेललाई विषेश सम्मान गरिएको थियो भने चामुण्डा सेकेन्डरी स्कुल, तिलिङटार सेकेन्डरी स्कुल, एप्पल ईन्टरनेशनल एकेडेमी, सुप्रिम ईन्टरनेशनल स्कुल, साङला बालकुमारी स्कुल, शिक्षा पत्रकार मोहन प्रसाद पन्त र निर्माता तथा नायक केदार प्रसाद ढुङ्गानालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रोफेसर डा.उत्तम कर्मचार्य, शिक्षाविद् हरिहर खरेल, कंगारु एजुकेशन फाउण्डेसनका निर्देशक महेशबाबु तिमल्सेना, चाणक्य कलेजका प्रविन श्रेष्ठ, डा. ईवामुरा अस्पतालका प्रतिनिधि, व्यवसायी सुनिल शर्मा, शंकरप्रसाद सुवेदी, सिभिल बैँकका कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग, चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्तिप्रिय, संगीत पत्रकार संघका अध्यक्ष सुमन बैरागी, डेमिन एण्ड डेभिल्स क्लोथिङ कम्पनीका प्रतिनिधि लगायत विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

अवार्ड विजेता स्कुल तथा कलेजहरु
स्कुल
वेस्ट स्पोर्टस् : केएमसी स्कुल
वेस्ट म्यानेजमेन्ट  : रेडन स्कुल
वेस्ट प्रिन्सिपल  : मनोज आचार्य ( साउथवेस्टन स्कुल)
वेस्ट स्टुडेन्ट  : अनिष न्यौपाने (ग्रीनल्याण्ड स्कुल)
वेस्ट रिजल्ट : ज्ञान निकेतन स्कुल
वेस्ट स्कुल  : राई स्कुल
जुरी अवार्ड  : फ्लोरीसेन्ट स्कुल
पव्लिक च्वाईस अवार्ड  : तिलिङटार सेकेन्डरी स्कुल र लालीगुराँस स्कुल

कलेज
वेस्ट स्पोर्टस्  :  हिमालय कलेज
वेस्ट म्यानेजमेन्ट  : हेराल्ड ईन्टरनेशनल कलेज
वेस्ट प्रिन्सिपल  :  डा. राजेन्द्र केसी (साउथ वेस्टर्न कलेज)
वेस्ट स्टुडेन्ट  :  दृष्टि गिरी (नेपाल मेगा कलेज) र अपेक्षा पराजुली (अरुणीमा कलेज)
वेस्ट कलेज  :  ग्लोवल कलेज
वेस्ट रिजल्ट  : सेन्टलरेन्स कलेज
जुरी अवार्ड  :  भवानी प्रसाद पौडेल (जया मल्टिपल कलेज र कमल न्यौपाने (फ्ल्लोरेसेन्ट माध्यामिक विद्यालय, बाँनियाटार)
ईन्करेजमेन्ट अवार्ड  : श्वेता कर्ण (प्लाटिनम कलेज) र सेन्टलरेन्स कलेज