Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

जान्नुस् एसीडीटी हुने कारणहरू, अनि बच्ने उपाय

Tuesday, October 31, 2017 National Power

१४ कार्तिक,काठमाण्डौ – एसीडीटी केवल पेटमा मात्र नभई मुखमा पनि हुन सक्दछ । अझ यति मात्र नभई एसीडीटीको असर पेटमा मात्र नभई मुखदेखि लिएर खुट्टासम्म नै असर पर्दछ । यस्ता कयौं कारणहरू छन् जसले एसीडीटी निम्तयाउने गर्दछन् । यी कारणहरू भिन्नै किसिमका छन् जसले हामीलाई नै अचम्ममा पार्दछन् ।

अधिक थकान : बहुत अधिक थकान र भारिपनका कारण एसीडीटी बढ्न जान्छ । एसीडीटीका कारण शरीरको उर्जा सकिन जान्छ । जसले गर्दा अधिक थकान महसुस हुन जान्छ ।

दाँतका समस्याहरू :  भोजन चपाएर खाने समयमा कयौं पटक एसिटिक प्रतिक्रिया हुन जान्छ जसले दाँत तथा गिजाहरूलाई कमजोर बनाउने र मुख सम्बन्धी विभिन्न समस्याहरू उत्पन्न गराउँदछ । यसका कारण एसीडीटीको समस्याले दातमा पनि समस्या उत्पन्न गराउँदछ ।

आँखा सम्बन्धी समस्या  :  एसीडीटीको कारण आखाबाट अधिक आँशु खस्ने तथा कन्जक्टिवाइटिस संक्रमणको समस्याका कारण पनि बन्न जान्छ ।

मुखबाट अधिक ¥याल आउने : कन्सटिपेशनबाट हुने एसीडीटीको समस्याबाट पनि मुखमा अधिक ¥याल आउने समस्या बन्न सक्दछ ।

ओंठ फुट्नु  :  एसीडीटीका कारण प्राय ओंठहरू फुट्ने गर्दछन् । यदि तपाईको छाला पनि सुख्खा छैन र मौसमको अनुकूलमा पनि ओंठ फुट्दछ भने यो सोच्नुपर्ने कुरा छ ।

अनुहार सुख्खा हुनु  : एसीडीटीका कारण अनुहारको छालाबाट चिल्लोपना हट्न जान्छ जसले गर्दा छाला चिलाउने, संक्रमणको आशंका बढ्नेका साथै अनुहार सुख्खा हुन जान्छ ।

यी फलहरू खाऔं, प्रतिरक्षा बढाऔं

फलफूल, तरकारीहरू, दाल, गहुँ, बदाम तथा तेलजन्य पदार्थले हामीहरूलाई तन्दुरुस्त राख्न मद्दत गर्नुका साथसाथै प्रतिरक्षा प्रणालीमा समेत विकास गर्दछ । यसका साथसाथै यसले विभिन्न संक्रमणबाट बचाउन समेत मद्दत गर्दछ । ती खाद्यपदार्थ निम्न प्रकार छन् ।

अमला  : अमलामा भरपुर मात्रामा भिटामिन सी प्राप्त गर्न सकिन्छ । यसले गुड कोलेस्ट्रोलको मात्रामा वृद्धि गरी रक्तचाप नियन्त्रणमा राख्दछ तथा हृदय सम्बन्धित रोगबाट बचाउन मद्दत गर्दछ ।

सुन्तला  : सुन्तलामा भिटामिन ए तथा सी पाउन सकिन्छ । यसले स्तन क्यान्सर, पेटको क्यान्सर, प्यांक्रियाजको क्यान्सर आदिजस्ता रोगबाट बचाउन मद्दत गर्दछ । यसका साथसाथै अस्थमा रोगीहरूका लागि पनि एकदमै फाइदाजनक मानिन्छ ।

खरबुजा : यसमा प्राप्त गर्न सकिने लिकोपिन नामक एन्टीअक्सिडेन्टको मद्दतबाट शरीरमा रेडिकल उत्पादन गरी क्यान्सर रोगको खतरालाई मुक्त गर्दछ । यस्तै खरबुजामा शरीरलाई आवश्यक पर्ने प्रोटिन एवं फ्याट प्राप्त हुन्छ । यसका बिउमा प्रोटिन, मिनरल्स त्यस्तै आवश्यक पर्ने अम्लहरू भरपुर मात्रामा प्राप्त हुन्छ । यसको बिउले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्दछ ।

केरा : केराको प्रयोगले ग्यास्ट्रिक, एसीडीटी तथा अल्सरजस्ता रोग नियन्त्रणमा मद्दत गर्दछ । यसलाई पोटासियमको ठूलो स्रोत मानिन्छ ।

मेवा : मेवाले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा विकास गर्दछ तथा पेटका विभिन्न रोगहरूबाट मुक्ति दिलाउँदछ ।

हरियो पत्तायुक्त सागसब्जी : यस्ता खनिज पदार्थ जस्तै भिटामिन ए, बी, सी, के तथा क्याल्सियम, म्याग्नेसियम, आइरन, प्रोटिन एवं फाइबर पर्याप्त मात्रामा पाउन सकिन्छ । जुन शरीरका लागि एकदमै आवश्यक छ ।

बन्दागोभी तथा फूलगोभी  : यसमा पर्याप्त मात्रामा आइरन, सल्फर तथा फाइबर पर्याप्त गर्न सकिन्छ । यसले शरीरलाई छालालाई क्यान्सरबाट बचाउने कार्य गर्दछ ।

गाजर  : यसमा बिटा–क्यारोटिन एवं भिटामिन ब्‘ए’ को राम्रो स्रोत मानिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्दछ । साथै छाला तथा मुखको क्यान्सर बाट बचाउ“दछ ।

अदुवा  : यसलाई पाचन प्रक्रियामा एकदमै फाइदाजनक मानिन्छ । यसले ग्याष्ट्रिकको समस्याबाट बचाउने कार्य गर्दछ ।

लसुन  : यसले खराब कोलेस्ट्रोलको मात्रालाई कम गरी प्रतिरोधात्मक क्षमताको विकास गर्दछ । यो एउटा एन्टीअक्सिडेन्ट तत्व पनि हो जसले शरीरमा घाउ लागेमा कम समयमा नै घाउ भर्न मद्दत गर्दछ ।

बदाम : बदाममा पूर्णरुपमा भिटामिन ए, ई तथा सिलेनियम पाइन्छ जसले हृदय रोगबाट बचाउन मद्दत गर्दछ ।