Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

कांग्रेस ४२ सिट दिन तयार, राजपा ५५ मै(आज निर्णय हुने

Tuesday, October 31, 2017 National Power

१४ कार्तिक,काठमाडौं – नेपाली कांग्रेस र राजापाबीच तालमेलका विषयमा आज निर्णय हुने भएको छ । राजपाले ५५ सिटको अडान राखेपछि कांग्रेस केही नेताका बिचमा मात्र्र तालमेलको रणनीतिमा लागेको छ । राजपा माने ४२ सिट दिने र नभए शीर्ष नेताहरुका क्षेत्रमा मात्रै तालमेल गर्नेगरि छलफल भइरहेको छ ।

वाम गठबन्धन बलियो भएका ठाउँहरुमा मात्र चुनाव तालमेल गर्ने प्रस्ताव गरेको छ । राजपामा नेता महेन्द्र यादवका अनुसार राजपा २० सिटमा जित्ने निश्चित भएकाले ५५ सिटमा तालमल हुनुपर्ने अडान छ ।आज दिउँसोसम्म निर्णय हुने उनले बताए ।

स्रोतका अनुसार कांग्रेस वा राजपा९फोरम जित्ने ठाउँमा प्रतिस्पर्धा गर्ने छन् भने वाम गठबन्धन बलियो भएका सिटहरुमा मात्र तीन दलको चुनाव तालमेल हुनेछ । कांग्रेस, राजपा र फोरम एकअर्काका शीर्ष नेताहरुलाई सघाउने पनि सकारात्मक छन् ।

कांग्रेसले सुनसरी १ मा संघीय फोरमका वरिष्ठ नेता अशोक राईलाई समर्थन गर्न नेता मीन विश्वकर्मालाई समानुपातिकमा राखेको छ । संयोजक महन्थ ठाकुर महोत्तरी ३ र बाट चुनाव लड्ने तयारीमा छन् भने राजेन्द्र महतो सर्लाही ४, महेन्द्र राय यादव सर्लाही २, शरतसिंह भण्डारी महोत्तरी २, अनिल झा रौतहट १ र राजकिशोर यादव सिरहा ४ बाट चुनाव लड्ने तय भएको छ ।