Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

विद्यालयलाई सात रोपनी जग्गा दान

Sunday, October 29, 2017 National Power

१२ कात्तिक, पर्वत – पर्वतको एक दम्पतीले जमिन खरिद गरेर विद्यालयलाई दान दिनु भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं। ४ क्याङ्गमा किरण पुन र युगमाया पुन दम्पतीले सात रोपनी जमिन खरिद गरेर स्थानीय बाजुङ्ग आधारभूत बिद्यालयलाई शुक्रबार दान दिनुभएको हो ।

पुन दम्पतीले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चामबहादुर पुन र प्रधानाध्यापक अमबहादुर पुनलाई सो जमिनको लालपूर्जा हस्तान्तरण गर्नुभयो । विद्यालयलाई भवन निर्माण र खेल मैदानका लागि आवश्यक परेको जमिन आफूले खरिद गरेर विद्यालयलाई दान दिएको किरण पुनले बताउनुभयो । पुनले सात रोपनी जमिन रु। ७ लाखमा गत वर्ष खरिद गर्नुभएको थियो ।

लामो समयदेखि रोजगारीका लागि बेल्जियममा बस्दै आएका पुन दम्पती कै पहलमा विद्यालयका लागि संकलन गरिएको रु दुई लाख ५० आर्थिक सहयोगको चेक पनि सोही कार्यक्रममा विद्यालय परिवारलाई हस्तान्तरण गरिएको छ । संकलित सहयोगलाई अक्षयकोषको रुपमा राखेर गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति बितरण गरिने विद्यालयका प्रअ अमबहादुरले जानकारी दिनुभयो ।
यसैगरी किरण पुन र युगमाया पुनले गएको वर्ष विद्यालयको खेलमैदान र मैदानमा प्याराफिट समेत निर्माण गरिदिनु भएको थियो ।