Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

सिरी एमा हिगुइनको रेकर्ड गोलसँगै युभेन्टसले एसी मिलानलाई हरायो

Sunday, October 29, 2017 National Power

१२ कात्तिक, काठमाडौं – इटालियना सिरी एमा गोन्जालो हिगुइनको १०० औं गोलसँगै युभेन्टसले एसी मिलानलाई पराजित गरेको छ ।शनिबार राति भएको खेलमा युभेन्टसले एसी मिलानलाई २–० गोल अन्तरले हराएको हो । जितसँगै युभेन्टसले लिग लिडर नापोलीसँग अंक बराबरी गरेको छ ।

एसी मिलानको घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि २३ औं मिनेटमा हिगुइनले गोल गरे । सिरी ए मा उनको यो १०० गोल थियो ।खेलको ६३ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै उनले युभेन्टसलाई २–० को जित दिलाए । सन् २०१३ जुलाइमा रियल मड्रिडबाट नापोली गएका उनले दुबै क्लबमा गरी १५३ खेल खेलेका छन् र १०१ गोल गरे ।

जितसँगै युभेन्टस ११ खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ भने समान अंक जोडेको नापोली गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ र उसले एक खेल कम खेलेको छ ।