Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

तनहुँको दमौलीमा जारी महोत्सवमा अवलोकनकर्ताको उत्साहजनक उपस्थिती

Sunday, October 29, 2017 National Power

१२कात्तिक,तनहुँ – तनहुँको दमौलीमा जारी दोस्रो तनहुँ आदिवासी जनजाती सांस्कृति महोत्सवमा अवलोकनकर्ताको उत्साहजनक उपस्थिती देखिएको छ । शनिवार चौथो दिन मात्रै ५५ हजार दर्शकको उपस्थिती रहेको महोत्सवका प्रवक्ता सिद्धार्थ थापामगरले जानकारी दिएका हुन् । राष्ट्रिय लोक दोहोरी कलाकार रामजी खाँडको प्रस्तुति रहेको दिन ६ लाख ४० हजार रुपैयाँको टिकट विक्री भएको प्रवक्ता मगरले बताए ।

आदिवासी जनजाती युवामहासंघको केन्द्रिय उपमहासचिवसमेत रहेका मगरका अनुसार चौँथो दिन २२ लाख रुपैयाँको आर्थिक कारोबार भएको थियो । महोत्वसको आकर्षणको रुपमा रहेको सेती मादी जलविहार मात्रै ५ टिप भएको थियो । अहिलेसम्म १४ टिप जलविहार भइसकेको छ । त्यस्तै महोत्सवका बेला होमस्टेप्रति पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ । बन्दिपुर, भिमाद र तनहुँसुरमा संचालित होमस्टेमा अवलोककनर्तालाई लैजाले व्यवस्था गरिएको प्रवक्ता मगरले जानकारी दिएका छन् । अहिलेसम्म ४ जनाभन्दा बढि अवलोकनकर्ता होमस्टेमा गएका छन् ।नितान्त आदिवासीको खानपान, भेषभुसा र संस्कृतिको प्रदर्शनी रहेको महोत्सवमा गूरुङ, मगर, भोटे, भुजेल, दराई, कुमाल, तामाङ जातीको घरसहितको संग्रहालय राखिएको छ । ४ दिनमा २ लाख ६० हजारले अवलोकन गरिसकेका छन् भने १० दिनसम्म चल्ने महोत्सव अवधिभर १० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य रहेको छ । अहिलेसम्म २ करोडभन्दा बढिको आर्थिक कारोबार भइसकेको छ । गत ८ गतेदेखि सुरु भएको महोत्सव १७ गतेसम्म चल्ने छ ।