Tuesday 18th June 2024

    ईनास मेरिल्याण्डले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम    नेपाल चलचित्र कलाकार संघको विचार गोष्ठि भव्यरुपमा सम्पन्न    ३९ विधामा र ६२ अवार्ड प्रदान गर्दै ओप्सना म्युजिक अवार्ड २०२४ सम्पन्न    १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन    नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई ‘पोएट अफ नेचर अवार्ड’

बिर्तामोड गोलीकाण्डका घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

Sunday, October 29, 2017 National Power

१२ कात्तिक, झापा – बिर्तामोडमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा गोली चल्दा गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

शनिबारै हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइ वीर अस्पतालमा उपचार थालिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । अन्य घाइते ५ जनाको स्थानीय विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार ५ जना मध्ये ३ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

सघन उपचार कक्षमा उपचाररत् रहेकाहरुमा कनकाई नगरपालिकाकी शुशिला घतानी, मेची नगरपालिकाका अशोक बस्नेत र राजगढका सुनिल पाठक छन् । घतानी र बस्नेतको हात र पाठकको हिप र पिठ्यूँमा गोली लागेको थियो । घटना प्रहरीको गोली लाग्दा एक जनाको मृत्यु भएको थियो ।