Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

बालमैत्री जिल्ला घोषणा तयारी

Saturday, October 28, 2017 National Power

११ कात्तिक,नवलपरासी  – दोस्रो बालिका सम्मेलन शुक्रबारदेखि यहाँ शुरु भएको छ । सम्मेलनमा बालबालिकाको क्षेत्रमा सरोकार राख्ने विभिन्न निकायका प्रतिनिधिले बालिकाको अधिकार सुनिश्चितताका लागि घरपरिवार, समाजसँगै सञ्चारमाध्यमले पनि सशक्त भूमिका खेल्न आवश्यक रहेको औँल्याए । अझै पनि नेपाली समाजमा बालक र बालिकाबीच विभेद रहेकाले विभेद अन्त्य गर्नका लागि परिणाममुखी काम गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । नवलपरासीमा अझै पनि धेरै किशोरीको बालविवाह हुने गरेकाले बालविवाह अन्त्य गर्नका लागि सशक्त कदम चाल्न आवश्यक रहेको सहभागीले बताएका थिए ।

कार्यक्रममा चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदीले ग्रामीण क्षेत्रमा अझै पनि बालक र बालिकाबीच शिक्षा र श्रममा विभेद हुने गरेको पाएकाले त्यसलाई निराकरण गर्नु आवश्यक रहेको बताउनुभयो । बालिकाको संरक्षणका लागि सञ्चारमाध्यमको भूमिकाका बारेमा पत्रकार केबी रानाले सहजीकरण गर्नुभएको थियो । सम्मेलनमा नवलपरासीका १५ स्थानीय तहका १३ देखि १९ वर्ष उमेर समूहका १०० किशोरीको सहभागिता रहेको आयोजक संस्था जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताउनुभयो ।

सम्मेलनमा नवलपरासीमा बालिकाको अवस्था, बालिकाले भोग्ने समस्या र समाधानका उपायका बारेमा छ समूहमा छलफल भएको छ । सम्मेलनमा विशेष गरेर किशोरीको समस्या पहिचान गरी ती समस्या समाधान गर्नका लागि घोषणापत्र जारी गरिने आयोजकले जनाएको छ । बालमैत्री जिल्ला निर्माणका लागि गर्न सकिने योजनाबारे सम्मेलनमा छलफल गरिने छ ।