Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

तीन महिनापछि गाउँमा बिजुली बल्यो

Saturday, October 28, 2017 National Power

११ कात्तिक,गुल्मी – गुल्मीको दरमखोला लघुजल विद्युत् सेवा झण्डै तीन महिनापछि नियमित रुपमा संचालन भएको छ ।  परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि।द्वारा सञ्चालित परोपकार सहकारी जलविद्युत् परियोजना गत साउन महिनादेखि कहिले नहर बगाउने त कहिले नहर पहिरोले पुर्ने गर्दै पटक/पटक अवरुद्ध हुँदै नियमित हुन सकेको थिएन् ।

विद्युत् सेवा पछिल्लो समयमा असोज महिनाको पहिलो सातादेखि मुसिकोट नगरपालिका– २ को भर्जुवामा रहेको २५ केवीको ट्रान्समिटर जलेर अवरुद्ध भएको विद्युत् सेवाको ट्रान्समिटरलाई झण्डै एक महिना लगाएर उचित मर्मत र संम्भार गरी विद्युत् सेवा संचालनमा ल्याइएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।

लामो समयपछि विद्युत् सेवा संचालन भएसँगै सोही वडाका भर्जुवा अन्तर्गतका झण्डै १५५ घरधुरीका उपभोक्ताको घरमा बिजुली बलेपछि खुशी भएका छन् भने विद्युत् सञ्चालनसँगै बिजुली बत्ती, कुटानी पिसानी, फर्निचरलगायत विद्युतीययन्त्र समेत संचालन भएका छन् ।