Sunday 20th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

अनाथ बालबालिकासँग सारिकाले मनाइन जन्मदिन

Friday, October 27, 2017 National Power

१० कार्तिक, काठमाडौं  – नायिका सारिका घिमिरेले राजधानीको नयाँ बानेश्वर संगम चोक स्थिति नयाँ नेपाल समाज केन्द्रमा रहेको अनाथ बालबालिकाबीच विहिवार आफ्नो जन्मदिन मनाएकी छन् । उनले केन्द्रमा रहेका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दै खाना खुबाएर आफ्नो जन्मदिन मनाएकी हुन् ।


संस्थाका अध्यक्ष कृष्ण गुरुङले संस्थामा ७० बालबालिका रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा दिक्षा प्रदान गरिरहेको उक्त अवसरमा बताए । नायिका सारिकाले जन्मदिनको अवसरमा साथिभाईसँग रमाइलो, पार्टी भन्दा पनि संस्थाका बालबालिकासँग जन्मदिन मनाउँदा आफूले छुट्टै प्रकारको सुखानुभुती महसुस गरेको बताइन । ‘मैले गत वर्ष पनि यसै केन्द्रमा जन्मदिन मनाएकी थिए यस वर्ष पनि त्यसलाई निरन्तरता दिएकी हुँ’, उनले भनिन् ।


सारिकाले विभिन्न सञ्चारकर्मी र कलाकारहरुका साथमा जन्मदिन मनाएकी थिइन । उपस्थित सञ्चारकर्मी तथा कलाकारहरूले नायिका सारिकाले जन्मदिनमा गरेको कार्यको प्रशंसा गरेका थिए । उक्त अवसरमा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले संस्थाका अध्यक्ष कृष्ण गुरुङलाई केन्द्रमा नवनिर्मित पुस्तकालय निर्माणका लागि केही आर्थिक सहयोग पनि गरेका थिए ।


चलचित्र ‘हत्याकाण्ड’बाट नेपाली सिनेक्षेत्रमा प्रवेश गरेकी सारिका घिमिरेले अहिलेसम्म आउँदा दर्जनौ चलचित्रमा अभिनय गरेकी छन् । अभिनयसँग सँगै सङ्गीत र गायनमा पनि आफूलाई उपस्थित गराएकी उनले हालै एकल एल्वम ‘मोहनी’ बजारमा ल्याएकी थिइन । एल्वममा रहेको गीत ‘काले दाईको….’ भिडियोले राम्रै चर्चा पाइरहेको छ यतिवेला । सारिकाको आगामी चलचित्र साहित्यकार झमक कुमारीको बहुचर्चित कृति ‘जीवन काँडा कि फूल’मा आधारित रहेको छ । चलचित्र ‘जीवन काँडा कि फूल’ चाडै नै दर्शकमाझ आउने तयारीमा रहेको पनि उनले बताइन ।