Monday 17th June 2024

    ईनास मेरिल्याण्डले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम    नेपाल चलचित्र कलाकार संघको विचार गोष्ठि भव्यरुपमा सम्पन्न    ३९ विधामा र ६२ अवार्ड प्रदान गर्दै ओप्सना म्युजिक अवार्ड २०२४ सम्पन्न    १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन    नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई ‘पोएट अफ नेचर अवार्ड’

बिर्सेर पनि नगर्नुहोस् यी गल्ती

Wednesday, October 25, 2017 National Power

८ कार्तिक,काठमाण्डौ –  थाइराइड हाम्रो शरिरको एक प्रमुख इन्डोक्राइन ग्रन्थी हो जुन गलामा हुन्छ । यो तिल आकारको हुन्छ । भारतको अपालो अस्पतालका वरिष्ठ एन्डोक्राइनोलोजिस्ट डा। सुबोध बांझलका अनुसार थाइराइडबाट रिलिज हुने हर्मोनबाट शरिरको मेटाबोलिजम रेट कन्ट्रोल हुन्छ । जब यी हर्मोनको ब्यालेन्स बिग्रन्ट तब हाम्रो शरिरिक क्रियाकलाप गडबड हुन थाल्छ ।

कति प्रकारको हुन्छ थाइराइड समस्या ?

थाइराइड समस्या मुख्य रुपमा दुई प्रकारका हुन्छन् । एउटा हाइपोथाइराडिज्म जसमा व्यक्तिको तौल अचानक बढ्न थाल्छ । अर्को हाइपरथाइराडिज्म, यसमा तौल तिब्र रुपमा घट्न थाल्छ ।

कस्ता गल्तीले हुनसक्छ थाइराइड समस्या ?

डा। बांझलका अनुसार थाइराइड समस्या विभिन्न कारणसहित हुन्छ । खानपिन र जीवनशैलीका साथै वंशानुगत कारणले पनि व्यक्तिलाई थाइराइडको समस्या हुने गर्दछन् । यसका साथै हाम्रा विभिन्न गल्तीले थाइराइडको समस्या निम्त्याउने गर्दछ ।

१. धेरै तनाव लिँदा हुन्छ थाइराइडः

धेरै तनावले शरिरमा कार्टिसोल नामक हर्मोनको स्तर बढाउँछ । यसले थाइराइडको समस्या बढाउँछ ।

२. सुगर नियन्त्रण नगर्दाः

सुगर नियन्त्रण नगर्दा शरिरमा इन्सुलिन प्रतिरोध गर्ने क्षमतामा ह्रास आउँछ । यसले थाइराइड ग्रन्थीलाई हानी पुर्याउने गर्दछ ।

३. अनावश्यक औषधीको सेवनः

केही औषधीले थाइराइड ग्रन्थीलाई नोक्सान पुर्याउने गर्दछ । डाक्टरलाई नसोधी औषधी सेवन गर्दा पनि थाइराइडको समस्या हुनसक्छ ।

४. धेरै नुन र सी फूड खाँदाः

धेरै नुन र सी फूड खाँदा शरिरमा आयोडिनको मात्रा बढ्न सक्छ जसले हाइपोथाइरायडिज्म हुनसक्छ ।

५.धेरै डाइट सप्लिमेन्ट लिनुः

क्याल्सियम, आइरन, प्रोटिन र सोया सप्लिमेन्ट धेरै मात्रामा खाँदा शरिरमा थाइराइड हर्मोनको ब्यालेन्स बिग्रन सक्छ ।

६.प्रदुषणका कारणः

हावा र पानीमा हानिकारक रसायन हुनसक्छ । प्रदुषणका कारण पनि थाइराइडको समस्या निम्तिन सक्छ ।

७.धेरै चिया कफी, कोल्ड ड्रिङ्क्स पिउँदाः

धेरै चिया कफी र कोल्ड ड्रिङ्क्स पिउँदा यसमा पाइने क्याफिनले थाइराइड समस्या निम्त्याउन सक्छ ।

८.धेरै रक्सी पिउँदाः

धेरै रक्सी पिउँदा शरिरमा हानिकारक टक्सिन बढ्ने गर्दछ । यसले थाइराइड ग्रन्थीको क्रियाकलाप बिग्रन सक्छ ।

९. धेरै चिल्लो खानेकुराको सेवन गर्दाः

जंक फूड, वनस्पती घ्यू, धेरै चिल्लो खानेकुरा खाँदा शरिरमा कोलेस्ट्रोलको मात्रा बढ्ने गर्दछ । यसले थाइराइडको समस्या निम्तिने गर्दछ ।

१०. रातो मासुको अत्यधिक सेवनः

यसमा धेरै स्याचुरेटेड फ्याट हुन्छ । यसले शरिरको हर्मोन्सको ब्यालेन्स बिगार्नसक्छ र थाइराइडको समस्या हुनसक्छ