Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

पहिलो चरणमा प्रतिनिधिसभामा ३ र प्रदेशमा ६ महिला नेतृ भिड्दै

Monday, October 23, 2017 National Power

६ कात्तिक, कामाडौं– पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा उम्मेदवारी दर्ता हुँदा वाम र कांग्रेस गठबन्धनबाट जम्मा ९ जना महिलाले मात्र टिकट पाएका छन् । नयाँ संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको अवस्थामा प्रत्यक्षतर्फ महिलाले टिकट नपाएपछि समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दलहरुलाई आउनेछ ।

आइतबार भएको उम्मेदवारी दर्ताको आधिकारिक विवरण अनुसार प्रतिनिधिसभामा जम्मा तीनजना महिला उम्मेदवार बनेका छन् भने प्रदेशमा ६ महिला नेतृ भिड्दैछन् । यो तथ्यांक वाम र कांग्रेस गठबन्धनका उम्मेदवारको मात्र हो । मुख्य प्रतिस्पर्धा यहि दुई गठबन्धनबीच हुने निश्चित छ ।

प्रतिनिधिसभामा कांग्रेसबाट दुई महिलाले उम्मेदवारी दर्ता गराएका छन् । खोटाङमा कांग्रेस नेतृ शरस्वती बजिमय र बागलुङ क्षेत्र नं। १ मा पूर्वसांसद चम्पादेवी खड्का उम्मेदवार बनेकी छन् ।त्यस्तै वाम गठबन्धनबाट माओवादीकी कमला रोक्का पूर्वी रुकुमबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छिन् ।प्रदेशसभातर्फ वाम गठबन्धनबाट ५ महिला भिड्दै गर्दा कांग्रेसले एक जना मात्र अघि सारेको छ । वाम गठबन्धनबाट एमालेले पूर्वराज्यमन्त्री नरदेवी पुनलाई म्याग्दी ख बाट उम्मेदवार बनाएको छ । त्यस्तै मनाङ ख बाट खण्डा लामा गुरुङ एमालेको उम्मेदवार छिन् ।

माओवादीबाट नुवाकोट १ क मा राधिका तामाङ, गोरखा २ ख मा कमला नहर्की र बझाङ ख बाट देवकी मल्ल उम्मेदवार छिन् । कांग्रेसले लिलादेवी बोखिमलाई ताप्लेजुङ क बाट उम्मेदवार बनाएको छ । प्रत्यक्षतर्फ पहिलो चरणमा महिला सहभागिता अत्यन्त न्युन भए पनि दोस्रो चरणमा धेरै निर्वाचन क्षेत्र रहेका शहरी क्षेत्रमा महिला उम्मेदवारको संख्या बढ्ने एमाले नेतृ श्रीमाया थकालीले बताइन् ।