Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

कांग्रेस नेता भट्टराईको नेतृत्वमा नेपाली कांग्रेस(विपी) नामक नयाँ पार्टी घोषणा 

Thursday, October 19, 2017 National Power

 करुवा चुनावचिन्हलिएर निर्वाचनमा भाग लिने 

काठमाडौं, २ कार्तिक – नेपाली कांग्रेसका पूराना तथा प्रभावशाली नेताहरुले नेपाली कांग्रेस(विपी) नामक नयाँ पार्टीको घोषणा गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा विशेष पत्रकार सम्मेलन गर्दै उक्त पार्टीको विधिवत रुपमा घोषणा भएको उनीहरुले जानकारी गराएका हुन् । नेता हरिबोल भट्टराईको नेतृत्वमा नेताहरु क्रमशः पूर्वमन्त्री झलकनाथ वाग्ले, हरिशंकर मिश्र, पूर्वमन्त्री सुशिलमान शेरचन, युवा नेता पुष्पराज पराजुली र देवेन्द्र पौडेल लगायतका नेताहरु उक्त पार्टीमा आवद्ध छन् । पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति भट्टराईले नेपाली कांग्रेस विपी विचारबाट विचलित भई सत्ता र सम्पत्तिका लागि मात्रै केन्द्रितहुँदै अघि बढेकोले आफूहरुले विपी विचारलाई स्थापित गर्ने मूल उद्देश्यका साथ नयाँ पार्टी निर्माण गरेको स्पष्ट पारे ।

उनले भने,‘कांग्रेसले विपीको विचारलाई लात हान्यो, पैसा र शक्तिको लागि जुनसुकै शक्तिसँग पनि सम्झौता गर्ने चरित्र देखायो, त्यसैले हामीले वीपीको विचारलाई स्थापित गर्नको लागि यो पार्टी निर्माण गर्यौं।’

त्यस्तै कार्यक्रममा उक्त पार्टीका उपसभापति झलकनाथ वाग्लेले पार्टी नेता र कार्यकर्ताको अत्यन्तै धेरै अवमुल्यन गर्ने र भुँईफुट्टावर्गलाई प्रोत्साहन गर्ने गरेकोले आफूहरुले वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा उक्त पार्टी निर्माण गरेको विश्वास दिलाए । उनले थपे,‘हाम्रो यो पार्टीले यही विचारका साथ सबै निर्वाचन क्षेत्रमा जानेछौं, र नेपाली जनताले हामीलाई अनुमोदन गर्नुहुनेछ भन्ने विश्वास छ।’
कार्यक्रममा महामन्त्रीद्धय सुशिलमान शेरचन र पुष्प पराजुली, सह–महामन्त्री एवम् प्रवक्ता देवेन्द्र पौडेलले नयाँ पार्टी निर्माणका बारेमाप्रकाश पारेका थिए । उनीहरुले अहिलेको वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन निश्चित नेताहरुलाई निर्वाचित गराउने स्वार्थले मात्रै गठन भएको आरोप लगाएका थिए।

उक्त पार्टीले २६ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ । केन्द्रीय कार्य समितिमा १. हरिबोल भट्टराई सभापति, २. झलकनाथ वाग्ले , उप सभापति, ३. हरिशंकर  मिश्र, उप सभापति, ४. पुष्पराज पराजुली, महामन्त्री,  ५.सुशीलमान शेरचन, महामन्त्री, ६.देबेन्द्र, प्रकाश पौडेल प्रवक्ता, ७.दीनबन्धु अर्याल सदस्य,  ८ ब्रह्मनारायण चौधरी सदस्य, ९.लोपसांङ लामा सदस्य, १०.कल्पीत पराजुली ११.लोकराज भट्टसदस्य, १२. माधवप्रसाद लामिछाने सदस्य, १३ रामविलास शाह सदस्य, १४. यज्ञराज भट्ट सदस्य, १५. महेश्वरी न्यौपाने सदस्य, १६.नरेन्द्र विष्ट सदस्य, १७. चक्रदेव जोशी सदस्य, १८ ऋषभ भट्टराइ, सदस्य, १९ गोपाल नारायण भट्टचन सदस्य, २० सरोज लामा सदस्य, २१ रामभक्त भट्टराई सदस्य, २२ लक्ष्मी सुनार सदस्य, २३ झपेन्द्र आचार्य सदस्य, २४ पूर्ण वहादुर वि.क सदस्य २५ राजेश कुमार शाही सदस्य, २६ विकास तामाङ्ग सदस्य रहेका छन् ।