Saturday 31st July 2021

    खिर खाएर साउन १५ मनाइँदै    बागमती प्रदेशका कोरोनाबाट हालसम्म ४ हजार बढीको मृत्यु    जोशी एन.आर.एन.ए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लु को प्रदेश सहसचिव पद को उमेदवार    एमसिसी बिरुद्ध माईतीघरमा उर्लिए बीर गोर्खाली    शर्लिन चोपडाको बयान–‘शिल्पासँग खुशी थिएनन् राज’

तिहारमा पन्ध्र लाख माला बिक्री हुने

Thursday, October 19, 2017 National Power

२ कात्तिक,काठमाडौँ  – यस वर्ष तिहारमा झण्डै तीन लाखवटा फूलका माला भारतबाट आयात गरिएको छ । आयातित सो माला भाइटीकाका लागि मात्र हो । नेपालमा फूलखेती व्यावसायिक ढंगले शुरुवात भएको २३ वर्ष पुगिसक्दा पनि परनिर्भरता घटेको छैन । नेपालमा २०११ सालबाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पूmल व्यवसाय आव २०७२/७३ सम्म आइपुग्दा ४० जिल्लामा विस्तार भएको छ ।

करिब ६७८ पूल व्यवसायी यसमा संलग्न छन् । लगभग दुई हजार ९६० रोपनीमा ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फूलखेतीबाट लाभान्वित भएका छन् । तिहारमा पूलको विशेष महत्व भएकाले भाइटीकामा लगभग राजधानीमा १५ लाखवटा माला खपत हुने फ्लोरीकल्चर एशोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष दिलीप बादेले जानकारी दिनुभयो । राजधानीमा झण्डै ५० लाख मानिस बसोबास गर्छन् ।

तिहारमा सयपत्री, मखमली र गोदावरी फूल, माला र गमला बिक्री हुन्छ । सबैभन्दा धेरै सयपत्री फूलका माला ११ लाखवटा, तीन लाखवटा मखमली पूmलको र एक लाखवटा गोदावरी पूलको माला खपत हुन्छ । करिब ३० प्रतिशत फूलको माला भारतबाट आयात गरिएको छ ।भूमिमाथिको द्वैध स्वामित्व अन्त्य भएको छैन । सीमित व्यक्तिसँग प्रचुर जमिन छ । धेरै जमिन भएकाले बाँझै राख्ने चलन छ । भूमि बाँझो राख्ने व्यक्तिलाई कानूनका दायरामा ल्याउन सकिएको छैन । सोही कारण पूलमा परनिर्भरता बढेको हो ।प्रशस्त जैविक विविधता बोकेको भूगोल भएकाले यहाँ स्थानपिच्छे थरीथरीका आकर्षक फूलखेती गर्न सकिन्छ । तर पनि अन्य देशबाट आयात गर्न हामी बाध्य छौँ ।

तिहारको तीन दिन राजधानीमा पूल, माला र गमला गरी झण्डै रु १५ करोडको कारोबार हुन्छ । राजधानीमा भक्तपुरको गुण्डु, इचङ्कुनारायण, थानकोट, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, ककनी र साँखुबाट पूल राजधानी भित्रने गर्छ । विश्वमा मन्दिरै मन्दिरको देशको नामले चिनिन्छ नेपाल । मन्दिरमा पूजापाठ गर्न पूल चाहिन्छ । खेतबारीका आली कान्लामा खेती गरेर थाली र ढक्कीमा संकलन गरी सहजै बिक्री हुने फूलमा परनिर्भर हुनु कृषि प्रधान मुलुकका लागि दुर्भाग्य हो ।

एक तथ्यांकअनुसार नेपालमा जग्गा अधियाँ र वटिया कमाउन दिनेको संख्या ४१ प्रतिशत छ । मोहियानी हकको विधिवत् अन्त्य भए पनि जमिन हुनेलाई अझै मोहियानी हकको त्रास कायमै छ । जमिन हुनेले धमाधम जमिनलाई घडेरीमा रुपान्तरण गर्दै छन् । कृषिको विविधीकरणमा कठिनाइ देखिएको बताउनुहुन्छ, पूल व्यवसायी लोकनाथ गैरे ।

प्रचुर तथा अथाह सम्भावना बोकेको पुष्प व्यवसायका लागि सरकारले ‘पुष्प प्रवद्र्धन नीति, २०६९’ जारी गरी पुष्प प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको छ भने आव २०७१/२ देखि पुष्प व्यवसाय प्रवद्र्धनका लागि रु एक करोड बजेट विनियोजनसमेत गरेको छ ।

“बजारमा फूलको माग बढेको छ । आवश्यकताअनुसारको उत्पादन दिन सकिएको छैन,” सनराइज एग्रो टेक सेन्टरका सञ्चालक विश्वमणि पोखरेलले भन्नुभयो । नेदरल्याण्ड, हल्याण्ड, थाइल्याण्ड, अमेरिकालगायतका देशमा गुलाफ, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायतका नेपाली कट फ्लावरको माग दैनिक बढ्दै गए पनि नेपालबाट निर्यात हुन नसकेको उहाँको भनाइ छ ।

“युरोपका झण्डै १२ मुलुकमा नेपाली कट फ्लावर निर्यात गर्न सकिन्छ,” पोखरेलले भन्नुभयो । सरकारले कृषि क्षेत्रमा अनुदान बढाएको छ । बजार छ, उत्पादन छैन । झण्डै रु पाँच अर्बको लगानी रहेको पुष्प व्यवसायमा हाल ४० हजार मानिस प्रत्यक्ष संलग्न छन् । एक सय ४० हेक्टरमा फूलको खेती भइरहेको छ भने ३८ जिल्लामा ६७५ फार्मले विभिन्न जातका फूलखेती गरिरहेका छन् । तर मागअनुसार आपूर्ति हुन सकेको छैन । आव २०७२/७३ मा रु एक अर्ब ५२ करोडभन्दा बढी पूmलको कारोबार भएको थियो । निर्याततर्फ रु तीन करोड २५ लाख र आयाततर्फ रु नौ करोड रहेको एशोसिएसनले प्रकाशन गरेको स्मारिकामा उल्लेख छ ।