२ कार्तिक, काठमाडौँ – सत्तारुढ नेपाली काँग्रेस फुटको संघारमा पुगेको छ । नेता हरिबोल भट्टराइको नेतृत्वमा साँढै २ बजे रिपार्टस् क्लबमा पत्रकार सम्मेलन गरी नेपाली काँग्रेस विपि घोषणा गर्न लागिएको तरुणदलका पुर्व महासचिव तथा नवगठित नेपाली काँग्रेस विपिका प्रस्तावित महामन्त्री पुष्पराज पराजुलीले जानकारी दिए ।
निर्वाचन आयोगमा यस अघिनै पार्टी दर्ता गरिसकिएको र समानुपातिक उम्मेद्वारको नामावलीमा निर्वाचन आयोगमा बुझाइसकिएको पराजुलीले जानकारी दिए । उनका अनुसार नेता हरिबोल भट्टराइले सभापतिको रुपमा नेतृत्व गर्नेछन् भने नेपाली काँग्रेस भित्रका हिन्दुधर्म पक्षधर नेताहरु तथा पुर्वमन्त्री खुम बहादुर खड्का लगाएत सुशिलमान शेरचनको पनि साथ रहेको बुझिएको छ ।
विपि कोइराले स्थापना गरेको पार्टी आफ्नो सिद्धान्त र आर्दशबाट च्युत हुँदै गएको, सत्ताको लागि जो संग जे पनि गर्न तयार भएको, नेपाली काँग्रेसको मुल्य र मान्यता विपरित नेतृत्वले जथाभावी गर्न थालेको आरोप लगाइएको छ ।
भोली घोषणा हुन गइरहेको नेपाली काँग्रेस विपिका प्रस्तावित महामन्त्री पुष्पराज पराजुलीले नेपाली काँग्रेसको नेतृत्व विपिको आदर्शबाट च्युत हुँदे गएकोले नयाँ पार्टीको आवश्यकता रहेको बताए । विगत लामो समयदेखि पार्टी भित्र भइरहेको वेथितिको बारेमा पटक पटक सचेत गराउँदा पनि सभापतिले नसुनेको र आफ्नो मनलाग्दी गर्दै गएको आरोप पनि लगाए ।
पछिल्लो समय सभपति शेर बहादुर देउवाको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै आएको यो समुहले स्थानीय तहको निर्वाचन देखिनै टिकट वितरणमा समेत सभातिले एकलौटी गरेको पनि बताइएको छ ।
पार्टी फुटेर अर्को गठन गर्न लागेको कुरा तरुणदलका पुर्व महासचिव पुष्पराज पराजुलीले पुष्टि गरेका हुन् ।